अमेरिकी राष्ट्रपति ट्रम्पको आगामी शुक्रबार स्वास्थ्य परीक्षण


प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार

US President Donald Trump speaks during an address to a joint session of Congress at the US Capitol in Washington, DC, on March 4, 2025. (Photo by Win McNamee / POOL / AFP)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार वाल्टर रीड मेडिकल सेन्टरमा आफ्नो वार्षिक स्वास्थ्य परीक्षण गराउने घोषणा गरेका छन्। उनले आफू ‘कहिल्यै यति राम्रो महसुस नगरेको’ बताएका छन्।

‘म यो घोषणा गर्न पाउँदा खुसी छु कि मेरो लामो समयदेखि निर्धारित वार्षिक स्वास्थ्य परीक्षण यस हप्ताको शुक्रबार वाल्टर रीड आर्मी मेडिकल सेन्टरमा हुनेछ। मैले कहिल्यै यति राम्रो महसुस गरेको छैन, तर तैपनि यी कुराहरू गर्नैपर्छ !’, ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्।

गत जनवरीमा ट्रम्प ७८ वर्षको उमेरमा अमेरिक राष्ट्रपतिको सपथ लिने सबैभन्दा वृद्ध अमेरिकी बनेका थिए। उनको स्वास्थ्यबारे सबैभन्दा विस्तृत जानकारी सन् २०१८ मा उनको पहिलो कार्यकालको पहिलो स्वास्थ्य परीक्षणपछि सार्वजनिक गरिएको थियो। तर, उनको स्वास्थ्यबारे धेरै कुरा अझै अज्ञात छ।

सन् २०२४ को चुनावी अभियानको अन्तिम हप्ताहरूमा तत्कालीन उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पको उन्नत उमेरलाई मुद्दा बनाउन खोजेकी थिइन्। उनले आफ्नो स्वास्थ्य इतिहासको विवरण सार्वजनिक गरेकी थिइन्, जसले ट्रम्पको स्वास्थ्यबारे अज्ञात पक्षहरूमाथि थप छानबिनको अपेक्षा गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com