जर्मनीमा मुद्रास्फीति घट्यो, अमेरिका-युरोप व्यापार विवादले नयाँ चुनौती ल्याउन सक्ने चेतावनी


प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

जर्मनीको मुद्रास्फीति दर मार्च महिनामा केही घटेको देखिएको छ । यद्यपि, विश्लेषकहरूले व्यापार तनावका कारण आगामी दिनमा उपभोक्ता मूल्यहरू पुनः बढ्न सक्ने चेतावनी दिएका छन् ।

जर्मनीको वार्षिक मुद्रास्फीति मार्चमा २.२ प्रतिशत रहेको छ, जुन फेब्रुअरी महिनाको २.३ प्रतिशत भन्दा कम हो । यो तथ्याङ्क जर्मनीको सङ्ख्या विभाग डेस्टाटिसले सार्वजनिक गरेको हो । यद्यपि, वित्तीय सेवा कम्पनी ‘प्याक्टसेट’ द्वारा गरिएको सर्वेक्षण अनुसार विश्लेषकहरूले मुद्रास्फीति दर २.१ प्रतिशत हुने अपेक्षा गरेका थिए ।

सार्वजनिक ऋणदाता केएफडब्लुको अर्थशास्त्री स्टेफनी शोनवाल्डका अनुसार ऊर्जा मूल्यहरूमा गिरावट आउनु र युरोपियन युरोको अमेरिकी डलरको तुलनामा मजबुत हुनु मुद्रास्फीति घट्नुको मुख्य कारण हो । युरो बलियो हुँदा अन्य देशहरूबाट आउने वस्तुहरू सस्तो पर्न जाने भएकाले आयातित सामानहरूको मूल्य घट्ने गरेको छ ।

तर, आगामी दिनहरूमा अमेरिका र युरोपबीचको सम्भावित ‘भन्सार शुल्क विवाद’ ले मुद्रास्फीति पुनः बढाउन सक्ने खतरा रहेको शोनवाल्डले बताउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि व्यापार असन्तुलन भएका देशहरूका लागि नयाँ भन्सार शुल्क लगाउने घोषणा गर्नुभयो । यी शुल्कहरू कुन देशमा कति मात्रामा लागू हुन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

आइएनजी बैङ्कका विश्लेषक कास्र्टेन ब्रेजेस्कीका अनुसार यदि अमेरिका र युरोपबीच व्यापार तनाव बढ्यो भने त्यसले छोटो अवधिमा मुद्रास्फीतिमा दबाब बढाउनेछ ।

यता, मुद्रास्फीति दरमा आएको गिरावटले युरोपियन केन्द्रीय बैङ्क (इसीबी) लाई अप्रिलमा हुने अर्को बैठकमा ब्याजदर घटाउने अवसर मिल्ने देखिन्छ ।

इसीबी अध्यक्ष क्रिस्टिन लागार्दले सोमबार मुद्रास्फीति दरको भविष्यबारे अझै धेरै अनिश्चितता रहेको बताए, जसमा सम्भावित भन्सार शुल्कको प्रभाव पनि समावेश छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com