म्यान्माका लागि रेडक्रसद्वारा १० करोड अमेरिकी डलर माग


प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

A rescue worker descends towards the body of a missing person at the site of an under-construction building collapse in Bangkok on March 30, 2025, two days after an earthquake struck central Myanmar and Thailand. The death toll from a huge earthquake that hit Myanmar and Thailand passed 1,600, as rescuers dig through the rubble of collapsed buildings in a desperate search for survivors. (Photo by Lillian SUWANRUMPHA / AFP)

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले म्यानमारमा गएको विनाशकारी भूकम्प पीडितको सहयोगका लागि १० करोड अमेरिकी डलरभन्दा बढीको आपतकालीन सहायताका लागि आइतबार अपिल गरेको छ ।

विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल आईएफआरसीले शुक्रबार मध्य शहर मान्डले नजिकै गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा म्यान्मामा व्यापक क्षति पुगेको जनाइएको छ ।

आईएफआरसीले भनेको छ, “सहयोगका लागि आईएफआरसीले १० करोड स्विस फ्रान्क (एघार करोड ५० लाख) को आपतकालीन रकमको माग गर्दछ । उक्त रकम करिब २० हजार घरपरिवारका एक लाख व्यक्तिलाई आगामी २४ महिनाका लागि जीवन–बचत राहत र प्रारम्भिक उद्धार सहायताको लागि खर्च गरिनेछ ।”

तापक्रम वृद्धि र केही हप्ताभित्र मनसुनको मौसम नजिकिँदै गरेकोले ‘गौण सङ्कट आउनुअघि’ प्रभावित समुदायलाई तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यो विपत्ति मात्र होइन”, आईएफआरसीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर माथेउले भने, “यो एक जटिल मानवीय सङ्कट हो।”

म्यानमाले अझै पनि आन्तरिक विस्थापन र खाद्य असुरक्षाको सामना गरिरहेको छ। यो भूकम्पले पहिलेदेखिको कमजोर आर्थिक अस्थालाई झनै विकराल बनाएको छ । विश्व समुदायले साहसिक र दिगो प्रतिक्रियाका लागि सहायता गर्न अघि बढ्नुपर्छ ।

म्यान्मा रेडक्रस सोसाइटीले खोजी तथा उद्धार कार्य सुरु गर्नका लागि स्थानीय स्तरमा उपलब्ध तालिम प्राप्त स्वयंसेवक परिचालन गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वयंसेवकहरूले प्राथमिक उपचार गर्ने, अस्पतालपूर्व हेरचाह प्रदान गर्ने, कम्बल, त्रिपाल र हाइजिन किटजस्ता आपतकालीन राहत सामग्रीहरू वितरण गर्ने र घुम्ती स्वास्थ्य टोलीहरू तैनाथ गरिरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com