गाजामा इजरायली हमलामा बालबालिकासहित ८ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

Palestinians inspect the damage at an ambulance repair yard hit in Israeli strikes in the al-Maghazi refugee camp in the central Gaza Strip on March 24, 2025. (Photo by Eyad BABA / AFP)

गाजाको नागरिक सुरक्षा एजेन्सीले प्यालेस्टिनीहरूले ईद अल–फितरको पहिलो दिन मनाउँदै गर्दा विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालमा आइतबार इजरायली हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको जनाएको छ ।

हमास र इजरायल दुवैले छुट्टीको समयमा गाजामा शत्रुता रोक्ने उद्देश्यले मध्यस्थकर्ताहरूबाट नयाँ युद्धविराम प्रस्ताव प्राप्त गरेको स्वीकार गरेपछि यो आक्रमण भएको हो ।

“खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिँदै एउटा घर र एउटा पालमा इजरायली हवाई आक्रमणपछि बिहानै पाँच बालबालिका हित आठ जना शहीद भएका छन्”, नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने ।

इजरायलले क्षेत्रभर आफ्नो हवाई बमबारी र भूमि आक्रमण फेरि सुरु गर्नुअघि गाजा पट्टीमा सापेक्षिक शान्ति ल्याएको नाजुक युद्धविराम मार्च १८ मा समाप्त भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबारको हवाई आक्रमण मध्यस्थकर्ताहरू– इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले युद्धविरामको मध्यस्थता गर्न र गाजामा अझै पनि बन्दी बनाइएका इजरायली बन्धकहरूको रिहाइ सुरक्षित गर्ने प्रयासहरू जारी राखेका बेला भएको हो ।

हमासका एक वरिष्ठ अधिकारीले शनिबार उक्त समूहले मध्यस्थकर्ताहरूले अघि सारेको नयाँ युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको र इजरायललाई यसलाई समर्थन गर्न आग्रह गरेको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ र इजरायलले प्रतिक्रियामा प्रति प्रस्ताव पेस गरेको बताएको छ ।

यद्यपि पछिल्लो मध्यस्थता प्रयासहरूको विवरण अज्ञात छ ।

गाजामा चलिरहेको युद्ध हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणबाट सुरु भएको थियो । यसको परिणामस्वरूप आधिकारिक इजरायली तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो ।

आक्रमणका क्रममा हमासका लडाकूहरूले दुई सय ५१ जना व्यक्तिलाई पनि अपहरण गरे । तीमध्ये ५८ जना कैदमा रहेका छन् र तिनमा पनि ३४ जना इजरायली सेनाले मृतक भएको बताएको छ ।

हमासको आक्रमणपछि प्यालेस्टिनी समूह विरुद्धको इजरायली सैन्य अभियानमा गाजामा कम्तीमा ५० हजार दुई सय ७७ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश नागरिक रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com