अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु


प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र एनएसएका माइक वाल्ट्जले युक्रेनी विदेशमन्त्री र युक्रेनी रक्षामन्त्रीसँग गरेको भेटघाट । (फ्रेडी एभरेटद्वारा आधिकारिक विदेश विभागको तस्बिर)

वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको दूत अन्त्यका लागि जोड दिइरहनुभएको छ र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् ।

दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ ।

द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा दुईभन्दा बढी पक्षबीच हुने छलफल र वार्ता (शटल डिप्लोमेसी) को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रूसी प्रतिनिधिबीच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो ।

“हामीले ऊर्जालगायत महत्वपूर्ण बुँदालाई सम्बोधन ग¥यौँ,” छलफल एजेन्डामा केन्द्रित भएको र फलदायी भएको उमरोभले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, “युक्रेनले ‘न्यायोचित र दिगो शान्ति’ को आफ्नो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न काम गरिरहेको छ।”

ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताउँदै फक्स न्यूजसँग भने, “मलाई लाग्छ सुरूमा विशेष गरी दुई देशबीच ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाजबारे छलफल हुनेछ त्यसपछि स्वाभाविक रूपमा वार्ता पूर्ण युद्धविरामतर्फ आकर्षित हुुनेछ । तपाईं सोमबार साउदी अरबमा केही वास्तविक प्रगति देख्नुहुनेछ ।”

क्रेमलिनले आइतबार द्रूत समाधानको अपेक्षालाई कम महत्व दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी टेलिभिजनसँग भने, “हामी यो बाटोको सुरुआतमा मात्र छौँ ।

उनले सम्भावित युद्धविराम कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा धेरै प्रश्नहरू रहेको बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण युद्धविरामका लागि तत्काल ३० दिनको वार्ता गर्ने अमेरिका र युक्रेनको संयुक्त आह्वानलाई अस्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको एक अन्तवार्तामा पेस्कोभले भनेका छन्, “अगाडि वार्ताका लागि कठिन परिदृष्य देखिएका छन् ।”

पेस्कोभले संयुक्त राज्य अमेरिकासँगको वार्तामा ‘मुख्य’ ध्यान २०२२ को ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न सम्झौताको सम्भावित पुनरुत्थान हुने बताएका छन् । उक्त सम्झौताले ‘ब्ल्याक सी’मार्फत युक्रेनी कृषि निर्यातको लागि सुरक्षित आवागमन सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

पेस्कोभले भने, “सोमबार हामी मुख्यतया तथाकथित ‘ब्ल्याक सी’ सम्झौताको पहललाई पुनः सुरु गर्न राष्ट्रपति पुटिनसँग छलफल गर्न चाहन्छौँ र हाम्रा वार्ताकारहरू यस समस्याको वरिपरिका सूक्ष्मताहरू छलफल गर्न तयार हुनेछन्।”

सन् २०२३ मा टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको उक्त सम्झौताबाट मस्को पछि हटेको थियो र पश्चिमा मुलुकले रुसको आफ्नै कृषि उपज र मलको निर्यातमा लगाइएको प्रतिबन्धलाई कम गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाएका थिए ।

युक्रेनका एक वरिष्ठ अधिकारीले यसअघि एएफपीलाई बताएअनुसार किएभले ऊर्जा सुविधा, पूर्वाधार र नौसैनिक आक्रमणमाथि हुने आक्रमणलाई समेट्ने गरी व्यापक युद्धविरामको प्रस्ताव गर्नेछ ।

वार्ताको पूर्वसन्ध्यामा दुवै पक्षले नयाँ ड्रोन आक्रमण गरेका थिए ।

फाइल तस्बिर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com