शेख हसिनाको राजनीतिक दल ‘अवामी लिग’माथि प्रतिबन्ध नलगाइने


प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने आफ्नो कुनै योजना नरहेको बताएको छ ।

हसिनाको अवामी लिगमाथि उनको १५ वर्षे कार्यकालमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको थियो, जसमा ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको गत वर्षको विद्यार्थी आन्दोलनमाथि हिंसात्मक दमन पनि समावेश छ ।

सन् १९७१ मा बङ्गलादेशमा हसिनाका पिताको शासनकालमा भएको रक्तपातपूर्ण स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका खेलेको पार्टीलाई गैरकानुनी घोषित गर्न विद्यार्थी नेताहरूले माग गरेका छन् ।

नोबेल पुरस्कार विजेता तथा बङ्गलादेशको कामचलाउ सरकारका प्रमुख मोहम्मद युनुसले भने आफूले कुनै दलमाथि प्रतिबन्ध लगाउने कुनै मनसाय नराखेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“युनुसले पार्टीमाथि प्रतिबन्ध लगाउने कुनै योजना अन्तरिम सरकारको रहेको छैन”, उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यद्यपि, यसको नेतृत्वभित्रका व्यक्तिहरू जो हत्या र मानवता विरुद्धको अपराधमा आरोपित छन्, उनीहरूलाई बङ्गलादेशको अदालतमा मुद्दा चलाइनेछ।”

सत्ताच्युत भएपछि छिमेकी मुलुक भारतमा शरण लिएकी हसिना र उहाँका सहयोगीहरूविरुद्ध ढाकाको एक न्यायाधिकरणले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको तथ्य पत्ता लगाउने एक मिसनले गत महिना सत्तामा टिकिरहने प्रयासमा प्रदर्शनकारीमाथि सुनियोजित आक्रमण र हत्याका लागि उहाँको सरकार जिम्मेवार रहेको बताएको थियो ।

यसले ‘हत्या, यातना, कैद र अन्य अमानवीय कार्यहरू गर्ने जस्ता मानवताविरोधी अपराधहरू भएका छन् भनेर विश्वास गर्ने उचित आधारहरू’ फेला पारेको थियो ।

पूर्वप्रधानमन्त्री हसिनालाई पदच्युत गरिएदेखि नै विद्यार्थीहरूले नयाँ सरकारका लागि चुनावअघि पार्टीमाथि प्रतिबन्ध लगाउन माग गर्दै आएका छन्।
अन्तरिम सरकारले गत वर्षको प्रदर्शनमा हिंसात्मक आक्रमणमा संलग्न भएको भन्दै गत अक्टोबरमा अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाएको थियो तर पार्टी सङ्गठनमाथि कुनै प्रतिबन्ध लगाइएको थिएन ।

नयाँ विद्यार्थी समर्थित राजनीतिक दलका एक प्रमुख नेता हस्नत अब्दुल्लाहले सरकारको निर्णयको निन्दा गरेका छन् ।

“अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्छ,” उनले फेसबुकमा लेखेका छन् ।

विद्यार्थी नेता नासिर उद्दिन पटवारीले गत महिना पार्टीमाथि प्रतिबन्ध नलगाउँदा बङ्गलादेश गृहयुद्धतर्फ धकेलिने चेतावनी दिएको थियो ।

बङ्गलादेशको प्रमुख इस्लामिक पार्टी जमातका नेता शफीकुल रहमानले पनि शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, “जनताले पार्टीको ‘पुनर्स्थापना’ स्वीकार गर्ने छैनन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com