:: सन्दर्भ ११ सेप्टेम्बर :: ‘पूरै न्यूयोर्क ध्वस्त भएजस्तो लाग्यो’– कल्पना पन्त


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

म त्यतीबेला ट्वीन टावर नजिकैको एउटा भारतीय रेष्टुरेन्टमा काम गर्थें । त्यो रेष्टुरेन्ट टावर भन्दा दुई ब्लक पर थियो । सधैजस्तो ११ सेप्टेम्बरको दिनमा पनि म छोरालाई स्कुल पठाएर घरबाट बिहानै ८ बजे काममा निस्कएँ । त्यसदिन टे«नपनि निकै ढिलो चलिरहको थियो । टे«न वल्र्ड ट्रेड सेन्टरको स्टपमा पुगेपछि झर्न खोंजे । तर घडी हेर्दा काममा जानका लागि अलिकति समय बाकी नै रहेछ । त्यसैले म ब्याट्री पार्कको स्टपमा ओर्लिएँ । बाहिर निस्कदा दशौं हजार मान्छेको भींड थियो ।

सबै आत्तिदै आकाशतिर हेरिरहेका थिए । सुरुमा त यस्तो अचम्मको दृश्य देख्दा मलाई के भएको हो भन्ने थाहा पाउन समेत मुस्किल भयो । तर तुरुन्तै जहाजले वल्र्ड टे«ड सेन्टरको भवनमा हिकाएको कुरा थाहा पाउदा छांगाबाट खसेजस्तै भएं । आत्तिएर हतार हतार श्रीमानलाई फोन गर्नमात्र के लागेकी थिएं , आकाशै खसेजस्तो आवाज आयो । हेर्दा अर्को टावरमा पनि जहाज ठोक्काइएको रहेछ । मलाई मेरो काननै पड्कीएजस्तो लाग्यो । मैले त पूरै न्यूयोर्क सहर नै ध्वस्त भयो जस्तो लाग्यो । त्यसैले मलाई अब पूरिएर मरिने भयो भन्ने डर लाग्यो । त्यसैले जुत्ता फुकालेर हातमा समातें, अनि समुद्रतिर दौडन थालें । समुद्रमा हाम्फालेर भएपनि बाच्नुप¥यो भन्ठानेर म त्यता दौडदै थिएं ।

तर म अगाडि बढ्नै सकिन । मान्छेको हुलमा म भूईमा पछारिएं । मलाई सयौं मान्छेले कुल्चिए । म झण्डै बेहोस भएं । हजारौं मान्छे समुन्द्रको किनारामा थिए । रुवावासी र कोलाहल मच्चिरहेको थियो । कोही लडिरहेका थिए । कसैको शरिरबाट रगत बगिरहेको थियो । त्यत्तिकैमा स्टेटन आइल्याण्डबाट एउटा पानी जहाज आयो । हजारौं मान्छे त्यसमा छिर्न थाल्यो । कसैले नियन्त्रण गर्न सक्ने अवस्था नै थिएन । म पनि त्यसैमा चढेर स्टेटन आइल्याण्ड पुगें । त्यो रात घर फर्कन पनि सकिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मलाई सपना हो कि विपना हो ठम्याउन पनि कठिन भयो । आफू कहा छु भन्ने पनि थाहा नभएजस्तो भयो । पछि चिनेजानेका एकजना दाजु विनोद रिमालको स्टेटन आइल्याण्डस्थित घरमा बसियो । भोलिपल्ट दुईवटा बस र तीनवटा टे«न परिवर्तन गरेर घरमा आएं । घरमा आउदा मेरो ५ वर्षको छोराले म ज्यूदै घरमा आएको विश्वास नै गर्न सकेन । उसले त भूत घरमा आएजस्तो गर्न थाल्यो । मैले खुवाएको खाना खान पनि मानेन । त्यो घटनापछि मलाई दुईवर्षसम्म त ट्रेन चढ्न पनि डर लाग्यो । काम गर्न पनि गइन । अझै पनि कतैबाट ठूलो आवाज आयो भने निकै डर लाग्छ । ठूलो आवाज आउदा त्यही घटनाको याद आउछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com