पाकिस्तानी मिडियामा एक्कासी ज्याक माको चर्चा किन ?


प्रकाशित मिति : असार १८, २०८० सोमबार

अलिबाबा कम्पनीका मालिक तथा चिनियाँ उद्योगपति ज्याक माको लाहोरमा अचानक आगमनको खबर पाकिस्तानको मिडियामा छाएको छ । पाकिस्तानी मिडियाका अनुसार ज्याक मा २९ जुनमा पाकिस्तानको भ्रमणमा गएका थिए ।

पाकिस्तानी अखबारका अनुसार ज्याक मा एक दिन पाकिस्तानमा बसेका थिए । एक्सप्रेस ट्रिब्यूनसँग कुरा गर्दै, लगानी बोर्डका पूर्व अध्यक्ष मोहम्मद अजफर अहसानले ज्याक माको भ्रमणको पुष्टि गरे।

ज्याक माले आफ्नो पाकिस्तान भ्रमणका क्रममा न त सरकारका कुनै प्रतिनिधिलाई भेटेका थिए न त मिडियासँग कुरा गरे । एक्सप्रेस ट्रिब्यूनले लेखेको छ- ‘ज्याक मा एक निजी स्थानमा बस्दै थिए र निजी जेटमा पाकिस्तान आएका थिए।’

ज्याक माको आगमनसँगै पाकिस्तानको सामाजिक सञ्जालमा केही व्यक्तिको प्रतिक्रिया पनि देखिएको छ । यीमध्ये कतिपयले ज्याक मा भविष्यमा पाकिस्तानमा लगानी गर्ने उद्देश्यले देश आएका हुनसक्ने आशा पनि राखेका छन् ।

तर, यसबारे ठोस वा आधिकारिक रूपमा केही भन्न सकिन्न । ज्याक मासँग अन्य सात व्यापारी पनि थिए। जसमा पाँच चिनियाँ नागरिक र एक अमेरिकी नागरिक थिए।

अखबारले लेखेको छ कि ज्याक मा नेपाल भ्रमण गरेर पाकिस्तान आएका थिए। मोहम्मद अजफर अहसानले ट्वीट गर्दै चिनियाँ दूतावासलाई पनि ज्याक माको भ्रमणबारे जानकारी नभएको बताए।

जियो न्यूज, पाकिस्तान अब्जर्भरलगायत पाकिस्तानका धेरै सञ्चारमाध्यमले ज्याक मा नेपाल भ्रमणमा थिए, त्यहाँ धेरै ठाउँको भ्रमण गरेर पाकिस्तान आएको लेखेका छन् ।

अजफरले ज्याक माको पाकिस्तान भ्रमणका केही तस्विरहरू पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com