भारतको जेलमा पाकिस्तानी र पाकिस्तानको जेलमा भारतीय नागरिक कति छन् ?


प्रकाशित मिति : असार १६, २०८० शनिबार

भारत र पाकिस्तानले नयाँ दिल्ली र इस्लामावादका दुवै देशको जेलमा बन्दीहरूको सूची साझा गरेको छन्। जानकारी अनुसार पाकिस्तानको जेलमा कूल ३०८ भारतीय र ४१७ पाकिस्तानी भारतीय जेलमा छन् ।

भारतीय विदेश मन्त्रालयले भन्यो, ‘भारतले आफ्नो हिरासतमा रहेका ३४३ नागरिक बन्दी र ७४ जना माछा मार्नेहरूको सूची साझा गरेको छ, जो पाकिस्तानी हुन् भन्ने विश्वास गरिन्छ। त्यसैगरी, पाकिस्तानले आफ्नो हिरासतमा रहेका ४२ नागरिक बन्दी र २६६ माछा मार्नेहरूको सूची साझा गरेको छ, जो भारतीय हुन् भन्ने विश्वास गरिन्छ।’

कन्सुलर पहुँच सम्बन्धी सन् २००८ को सम्झौता अनुसार भारत र पाकिस्तानले प्रत्येक वर्ष जनवरी १ र जुलाई १ मा यस्ता कैदीहरूको सूची आदानप्रदान गर्छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com