उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ ।
सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो । भूकम्पबाट क्षतिग्रस्त क्षत्रमा भएको पुनःनिर्माण तथा भूकम्पको अध्यान अवलोकन गर्नका लागि रूपमा वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।