फ्रान्समा १७ वर्षीय युवकको मृत्युपछि हंगामा, विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन


प्रकाशित मिति : असार १४, २०८० बिहीबार

FRANCE-POLICE-CRIME

फ्रान्सको राजधानी पेरिसमा ट्राफिक चेकजाँचका क्रममा १७ वर्षीय चालकको प्रहरीले गोली हानी हत्या गरेपछि लगातार दोस्रो दिन पनि हिंसात्मक प्रदर्शन जारी रहेको छ ।

ती किशोरीको नाम नाहेल एम रहेको बताइएको छ । ती युवकले गाडी चलाएको केही समयमै दुर्घटनामा परेका थिए । प्रहरीले उनलाई नजिकबाट गोली हानेको बताइएको छ ।

पेरिस प्रहरीले नयाँ हिंसाका “छिटपुट घटनाहरू” नियन्त्रणमा ल्याएको बताएको छ। टुलुजमा, प्रदर्शनकारीहरूले आगो लगाए र यसलाई निभाउन खोजिरहेका अग्निनियन्त्रकहरूमा ढुङ्गा हाने। उत्तरी फ्रान्सेली सहर लिलेमा पनि प्रदर्शनकारीको प्रहरीसँग झडप भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पश्चिमी सहर रेनेसमा मारिएका युवालाई श्रद्धाञ्जली दिन करिब ३०० मानिसहरू भेला भएका थिए। तीमध्ये धेरैले आगजनी पनि गर्न थाले । तर, प्रहरीले उनीहरुलाई तितरबितर पारेको थियो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नाहेललाई गोली हानेको घटना ‘माफीको योग्य नभएको’ बताएका छन् । तर राष्ट्रपतिको यो भनाइप्रति प्रहरी युनियनले असन्तुष्टि जनाएका छन् । राष्ट्रपतिले हतारमा प्रहरीविरुद्ध राय बनाएको प्रहरी युनियनको दाबी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com