अलिबाबा ग्रुपका मालिक तथा अर्बपति ज्याक मा नेपालमा


प्रकाशित मिति : असार १२, २०८० मंगलबार

चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा अर्बपति ज्याक मा नेपाल भ्रमणमा आएका छन् । हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै मंलगबार काठमाडौं आइपुगेका हुन् ।

उनीसहित अरु ६ जना पनि आएका छन् जसमा एकजना महिला रहेकी छन् । ज्याक मा टुरिष्ट भिसामा नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।

ज्याक मा व्यापारिक शिलशिलामा नेपाल आएको बताइएपनि भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन ।

चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । ज्याक माको सम्पत्ति ३३.६ बिलियन अमेरिकी डलर रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ज्याक मा पछिल्ला वर्षहरूमा सार्वजनिक स्थान एवं सञ्चार माध्यममा विरलै देखिने गरेका छन् । उनी बढीजसो समय चीन र जापानमा बस्ने गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com