वाग्नर समूहको भारी सैन्य हतियार के हुन्छ ? रुसी रक्षा मन्त्रालय के भन्छ ?


प्रकाशित मिति : असार १२, २०८० मंगलबार

रुसको रक्षा मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वाग्नर समूहले देशको सेनालाई भारी सैन्य उपकरण हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाएको छ ।

शनिबार वाग्नर समूहका लडाकुहरूले रुसको रोस्तोभ सहरलाई ‘विद्रोह’ गरेर आफ्नो नियन्त्रणमा लिएका थिए।

उक्त समूहले आफ्ना लडाकुहरूलाई राजधानी मस्कोबाट २०० किलोमिटर भित्र ल्याएको दाबी गरेको थियो र त्यसतर्फ अघि बढिरहेको थियो तर राति बेलारुसले हस्तक्षेप गरेर लडाकुहरू पछि हट्यो।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले वाग्नर समूहका लडाकुहरूलाई सच्चा देशभक्त भनेका थिए ।

पुटिनले विद्रोहका लागि लडाकुहरूलाई बहकाइएको बताए। उनले भनेका थिए – ‘वाग्नर समूहका लडाकुहरूले देशको सेनामा भर्ती हुन, आफ्नो परिवारमा फर्कन वा बेलारुस जान छनौट गर्न सक्छन्।’

यससँगै ‘विद्रोह’मा भाग लिने लडाकुहरूमाथि लगाइएका सबै फौजदारी अभियोग खारेज गर्ने पनि घोषणा गरिएको छ ।

वाग्नर समूह युक्रेनमा रूसी सेनासँग काँधमा काँध मिलाएर लडिरहेका भाडाका सैनिकहरूको निजी सेना हो । त्यहाँ वाग्नर समूहमा दशमैं हजार लडाकुहरू रहेको अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com