पाकिस्तानमा महिला र बालबालिकाविरुद्ध ४ महिनामा ९ सयबढी हिंसाका घटना दर्ता


प्रकाशित मिति : असार ११, २०८० सोमबार

PAKISTAN-WEATHER-FOG

पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ । विशेषगरी यस अवधिमा ५२९ महिला अपहरणमा परेका छन् भने घरेलु हिंसाका घटना ११९ पुगेका छन् । यसबाहेक बलात्कारका ५६ र पारिवारिक प्रतिष्ठाका लागि भएका हत्या (अनर किलिङ) का ३७ घटना भएका छन् ।

कराँची, हैदरावाद र केमारी जिल्लाहरू महिलाविरुद्ध हिंसात्मक अपराधका लागि हटस्पटका रूपमा देखा परेका छन् । बालबालिकामाथि हुने हिंसाको सन्दर्भमा, यौन हिंसा सबैभन्दा बढी प्रचलित छ र यसमा ६७ घटनाहरू रिपोर्ट गरिएका थिए । प्रतिवेदनले सबै नागरिक, विशेषगरी महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार, प्रहरी र न्यायपालिकाको ध्यान र कारबाहीको आवश्यकतामा जोड दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com