पाकिस्तानका युनिभर्सिटीमा विद्यार्थीले होली खेल्न पाउने, विवादपछि सरकारले हटायो प्रतिबन्ध


प्रकाशित मिति : असार ७, २०८० बिहीबार

पाकिस्तानी विश्वविद्यालयमा होली खेल्न प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिइएको छ । आफ्नो आदेशप्रति असन्तुष्ट भएपछि पाकिस्तान सरकारले फिर्ता लिइएको हो । पाकिस्तानको प्रधानमन्त्रीको रणनीतिक सुधार इकाईका प्रमुख सलमान सुफीले शिक्षामन्त्री राणा तनवीर हुसैनले उच्च शिक्षा आयोग (एचईसी) लाई उक्त सूचना फिर्ता लिन आग्रह गरेको बताएका छन्।

पाकिस्तानका सञ्चारमाध्यमका अनुसार सूचनाको बारेमा मिडियामा खबर आएपछि सलमान सुफीले ट्वीट गर्दै राणा तनवीर साहिबसँग यस सम्बन्धमा कुरा गरेको बताएका थिए। उनले धार्मिक चाडपर्वलाई निरुत्साहित गर्ने एचईसीको सूचनालाई टिप्पणी गर्दै यसलाई फिर्ता लिन आग्रह गरेका थिए ।

बुधबार एचईसीका कार्यकारी निर्देशक शाइस्ता सोहेलले उपकुलपति र संस्थाका प्रमुखका लागि सूचना जारी गरेको खबर आएको थियो । विज्ञप्तिमा विश्वविद्यालयमा होली पर्व मनाउनुले चिन्ता पैदा गर्ने र हानिकारक हुने भन्दै देशको छविलाई असर गर्ने उल्लेख गरिएको थियो । आयोगले यस्ता गतिविधि मुलुकको सामाजिक–सांस्कृतिक मूल्य मान्यताभन्दा पूर्णतया फरक रहेको र देशको इस्लामिक पहिचानविरुद्धको कार्य भएको जनाएको छ ।

हालै कायदे आजम विश्वविद्यालयमा होली मनाइएपछि शिक्षा आयोगले विश्वविद्यालयमा होलीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यस विश्वविद्यालयमा मार्च ८ गते होली खेलिएको थियो । होली खेलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियोमा युनिभर्सिटीका विद्यार्थीहरू नाच्दै र एकअर्कामाथि रङ फालेको देखिएका छन् । त्यसमा संगीत पनि चर्को स्वरमा बजिरहेको थियो । शिक्षा आयोगको निर्णयपछि सामाजिक सञ्जालमा असन्तुष्टि देखिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com