चिनियाँ राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रकाशित मिति : असार ४, २०८० सोमबार

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग बेइजिङमा सोमबार भएको वार्तामा अमेरिका र चीनले थुप्रै विषयमा ‘प्रगति’ गरेको बताउनुभएको छ ।

शक्तिशाली चिनियाँ राष्ट्रपतिसीले स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेपछि राजधानीको ग्रेट हल अफ द पिपुलमा ब्लिन्केनसँग भेटवार्ता गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम र अमेरिकी अधिकारीले जनाएका छन् ।

“चिनियाँ पक्षले हाम्रो स्थिति स्पष्ट पारिसकेको छ र राष्ट्रपति बाइडेन र हामी (चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेन) ले बालीमा गरेको साझा समझदारीलाई पालना गर्न दुवै पक्ष सहमत हुनुपर्छ,” सीले शीर्ष अमेरिकी कूटनीतिज्ञसँग भन्नुभयो ।

“दुई पक्षले प्रगति पनि गरेका छन् र केही खास विषयमा सहमति पनि गरेका छन्”, उहाँले थप्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मलाई आशा छ, विदेशमन्त्री ब्लिन्केनले यो भ्रमणमार्फत चीन–अमेरिका सम्बन्धलाई स्थिर बनाउन सकारात्मक योगदान दिन सक्नुहुनेछ्,” सीले भन्नुभयो ।

ब्लिन्केनले अन्य उच्च चिनियाँ अधिकारीसँग दुई दिनसम्म १० घण्टाभन्दा बढी छलफल गरेपछि राष्ट्रपति सीसँग करिब आधा घण्टा लामो वार्ता गर्नुभएको हो ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएपछि करिब पाँच वर्षयता भएको बहालवाला उच्च अमेरिकी अधिकारीको चीन भ्रमणलाई विश्व समुदायले विशेष चासोले हेरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com