काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा


प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ। शुक्रवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई विहीबार नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिकहरू काठमाडौं आउने प्रक्रियामा रहेको जनाएको हो।

त्यसैगरी मन्त्रालयले काबुलमा रहेका ४२ नेपाली नियमित सम्पर्कमा रहेकोसमेत जानकारी दिएको छ। ‘हाल एउटै समूहमा आवद्ध भइरहेका ४२ जना नियमित रुपमा सम्पर्कमा रहनुभएकाे र उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुलाई उद्धार र गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ ।’

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरुले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयले Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी नेपाली नागरिकलाई विवरण टिपाउन समेत अनुरोध गरेको छ ।

साथै, मन्त्रालयले नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सोको जानकारी फोन नम्बरहरू र WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनसमेत अनुरोध गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com