चीनबाट आइपुग्यो भेरोसेलको ८ लाख डोज खोप, शुक्रबारदेखि ४० वर्षमाथिकालाई पनि लगाइने


प्रकाशित मिति : भाद्र ३, २०७८ बिहीबार

चीनबाट कोभिडविरुद्धको भेरोसेल खोपको आठ लाख डोज काठमाडौं आइपुगेको छ। नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत् बुधबार राति खोप आइपुगेको हो।

१६ लाख डोज खरिद गरिएकोमध्ये आठ लाख डोज पहिलो चरणमा आइपुगेको हो। बिहीबार साँझ थप आठ लाख डोज आउने स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ। भेरासेल खोप पहिलो डोज लगाएर बसेकालाई लगाउने जनाइएको छ।

यस्तै आगामी शनिबार जापानबाट पनि अनुदानमा छ लाख डोज एस्ट्राजेनिका खोप आउँदैछ। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा एक करोड १६ लाख डोज खोप प्राप्त भइसकेको छ। सरकारले असोजसम्म खोप लगाउन योग्य ३३ प्रतिशत नागरिकलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ।

अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो डोज र ३६ लाख ४९ हजार ७६० जनाले पूर्ण डोज खोप लगाइसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबारदेखि ४० वर्षमाथिकालाई पनि खोप
यस्तै, काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने छ ।

त्यसैगरी, काठमाडौंमा १८ वर्षमाथिका ११ र १२ कक्षाामा अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थी लाई पनि शुक्रबारदेखि नै खोप दिइने कार्यालयले जनाएकाे छ।

यी हुन् खोप केन्द्रहरु
१‌. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
२. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
३. राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
४. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
६. वीर अस्पताल, रत्नपार्क
७. निजामति कर्मचारी अस्पताल, वानेश्वर
८. परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
९. शिक्षण अस्पताल, महाराजगञ्ज
१०. काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
११. अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com