बाइडेनले कार्यभार सम्हालेपछिको एकसातामा अमेरिकी अध्यागमन (राउण्डअप)


प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३१ सम्म डिभी लोटरी लगायतका विभिन्न आप्रवासी र कामदार भिसामा लगाएको रोक कार्यकारी आदेशमार्फत खारेज गर्ने भएका छन् । महामारीका कारण उत्पन्न आर्थिक मन्दीमा अमेरिकी कामदारलाई संरक्षण प्रदान गर्न भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि विभिन्न प्रकारका आप्रवासी भिसा र कामदार भिसामा रोक लगाएका थिए ।

मार्च ३१ सम्म डिभी लोटरी लगायतका भिसामा लगाइएको रोक बाइडेनले खारेज गर्ने

 

जनवरी २२ देखि लागु हुने गरी बाइडेन प्रशासनले एकसय दिनसम्मका लागि निश्चित प्रकारका देशनिकालाका आदेश कार्यान्वयन स्थगित गरेकोमा संघीय अदालतले उक्त स्थगन कार्यान्वयनमा १४ दिने रोक लगाएको छ । मंगलबार एकजना संघीय न्यायाधिसले उक्त स्थगन कार्यान्वयनमा रोक लगाएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशनिकालामा बाइडेनले लगाएको सयदिने स्थगन कार्यान्वयनमा अदालतको अस्थायी रोक

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको महामारी फैलिनबाट रोक्ने उद्देश्यले ३० देशबाट अमेरिका आउनमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले युरोपका शेंगेन क्षेत्रका २६ देशहरु, यूके, आयरल्याण्ड, ब्राजिलसहित दक्षिण अफ्रिकालाई पनि प्रतिबन्धको सुचीमा थपेका छन् । चीन र इरानमाथि ट्रम्पले लगाएकै कार्यकारी आदेशको रोक जारी छ ।

कार्यकारी आदेशमार्फत बाइडेनले लगाए ३० देशबाट अमेरिका आउनमा रोक, कसकसलाई छुट?

 

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित बिल अमेरिकी नागरिकता ऐन २०२१ मा मुख्य १२ वटा विषयहरु समावेश गरिएका छन् । जनवरी १, २०२१ भन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रपविहिनलाई नागरिकताको बाटोमा लैजानेदेखि परिवारमा आधारित आवेदन स्वीकृत भएकाहरुलाई अमेरिकामा आएर परिवारसँगै बसेर ग्रिनकार्ड प्रतिक्षा गर्नसक्ने प्रावधान समेत बिलमा समावेश गरिएको छ ।

बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती

बाइडेनले कार्यभार सम्हालेको पहिलो दिन ५ वटा अध्यागमन सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरे । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई सुदृढिकरण गर्ने आदेशमा बाइडेनले हस्ताक्षर गरे । सातवटा मुस्लिम बाहुल्य देशका नागरिक माथि ट्रम्प प्रशासनको यात्रा प्रतिबन्धलाई बाइडेनले उल्टाउने कार्यकारी आदेश जारी गरे ।

बाइडेनका १७ कदममा ५ अध्यागमनबारे: यात्रा प्रतिबन्ध खारेज, अध्यागमन कारवाहीमा रोक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com