बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती


प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार

❒  बिल पारित भएमा सन् २०२१ को जनवरी १ भन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनले अस्थायी स्टाटसका लागि आवेदन दिन पाउने, टीपीएस, डाका लगायतले समेटेकाहरु भने तत्कालै ग्रिनकार्ड आवेदन दिन योग्य

❒  परिवारमा आधारित स्वीकृत आवेदनका सन्दर्भमा आवेदन स्वीकृत भएकाहरु अस्थायी रुपमा अमेरिकामा आएर ग्रिनकार्डको प्रतिक्षा गर्नसक्ने प्रावधान

❒  डाइभर्सिटी भिसाको नम्बर अहिले बार्षिक ५५ हजार रहेकोमा यो बिलले ८० हजार बनाउने

❒  विज्ञान, प्रविधि, इन्जिनियरिंग र गणितमा अमेरिकी विश्वविद्यालयबाट डिग्री लिएकाहरुलाई अमेरिकामा बस्ने सहज अवस्था बनाउने

❒  अध्यागमन अदालतहरुमा रहेको ब्याकलग घटाउने, योग्य व्यक्तिलाई अध्यागमन राहतहरु दिनका लागि र मुद्दाहरु हेर्नका लागि अध्यागमन न्यायाधिसहरुको तजविज अधिकार बढाउने

❒  एसाइलम खोज्नेहरुका लागि एकबर्षको डेडलाइन हटाउने, एसाइलम आवेदनको ब्याकलग हटाउन रकम उपलब्ध गराउने,  यु भिसाको कोटा १० हजारबाट बढाएर ३० हजार बनाउने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

 

– किशोर पन्थी

अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित बिल अमेरिकी नागरिकता ऐन २०२१ मा मुख्य १२ वटा विषयहरु समावेश गरिएका छन् । जनवरी १, २०२१ भन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रपविहिनलाई नागरिकताको बाटोमा लैजानेदेखि परिवारमा आधारित आवेदन स्वीकृत भएकाहरुलाई अमेरिकामा आएर परिवारसँगै बसेर ग्रिनकार्ड प्रतिक्षा गर्नसक्ने प्रावधान समेत बिलमा समावेश गरिएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कागजपत्रविहिनलाई ग्रिनकार्ड

बिल पारित भएमा सन् २०२१ को जनवरी १ भन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनले अस्थायी स्टाटसका लागि आवेदन दिन पाउनेछन् । उनीहरु ५ बर्ष अस्थायी स्टाटसमा बसेपछि ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् ।

तर उनीहरुले ट्याक्स फाइल गरेको हुनुपर्ने र पृष्ठभूमि परीक्षणमा उत्तिर्ण भएको हुनुपर्नेछ । अपराधको पृष्ठभूमि भएकाहरु अयोग्य हुनसक्नेछन् ।

टीपीएस, डाका लगायतले समेटेकाहरु भने तत्कालै ग्रिनकार्ड आवेदन दिन योग्य हुनेछन् । तीनबर्ष ग्रिनकार्डमा बसेपछि उनीहरुले अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्नेछन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१७ को जनवरी २० पछि देशनिकाला भएकाहरुलाई भने विशेष सुविधा दिन सक्नेछन् । यदि उनीहरु देशनिकाला हुनुअगाडि ३ बर्ष लगातार अमेरिकामा बसेका थिए भने उनीहरुले परिवारसँगको पुनर्मिलन र अन्य मानवीय आधारमा सुविधा प्राप्त गर्नसक्नेछन् ।

बिलमा एलियन शब्दलाई परिवर्तन गरेर गैरनागरिक बनाउने विषय समेत समेटिएको छ ।

परिवारको मिलन

बिलले ब्याकलग हटाएर परिवारमा आधारित अध्यागमन प्रणालीको पनि सुधार गर्छ । प्रयोग नभएका भिसाहरुको उचित वितरण गर्नुका साथै लामो प्रतिक्षा अवधि हटाएर हरेक देशका लागि तोकिएको भिसाको नम्बर पनि बढाउनेछ । परिवारका लागि अमेरिका आउनमा ३ बर्ष र १० बर्षको बार पनि खारेज गर्छ ।

टुहुरा, विधवा, बालबालिका र फिलिपिनो युद्धका भेट्रानहरुका लागि पनि संरक्षण प्रदान गर्छ । साथै परिवारमा आधारित स्वीकृत आवेदनका सन्दर्भमा आवेदन स्वीकृत भएकाहरु अस्थायी रुपमा अमेरिकामा आएर ग्रिनकार्डको प्रतिक्षा गर्नसक्ने प्रावधान स्थापना गर्छ ।

डाइभर्सिटी भिसाको संख्या बढाउने

बिलले धर्मको आधारमा हुने विभेदलाई निषेध गर्छ । साथै भविश्यमा प्रतिबन्ध लगाउनका लागि राष्ट्रपतिको अधिकारलाई कटौती गर्छ । डाइभर्सिटी भिसाको नम्बर अहिले बार्षिक ५५ हजार रहेकोमा यो बिलले ८० हजार बनाउनेछ ।

एकीकरण र समावेशीकरण

बिलले राज्य र स्थानीय सरकार, निजी संस्थाहरु, शैक्षिक संस्थाहरु, समुदायमा आधारित संस्थाहरु, गैर नाफामुलक संस्थाहरुलाई एकीकरण र समावेशीकरणलाई बढावा दिने, कार्यक्रम थप्नका लागि रकम प्रदान गर्छ । आप्रवासी र शरणार्थी एकीकरण र नागरिकताको प्रवद्र्धन कार्यक्रममा जोड दिनेछ ।

अर्थतन्त्रको विकाश

बिलले रोजगारमा आधारित भिसाको ब्याकलग पनि खारेज गर्नेछ । लामो प्रतिक्षा अवधि र हरेक देशका लागि तय गरिएको भिसाको कोटा खारेज गर्नेछ । बिलले विज्ञान, प्रविधि, इन्जिनियरिंग र गणितमा अमेरिकी विश्वविद्यालयबाट डिग्री लिएकाहरुलाई अमेरिकामा बस्ने सहज अवस्था बनाउनेछ । कम आम्दानी भएको क्षेत्रका कामदारलाई ग्रिनकार्डमा पहुच सहज बनाउनेछ भने रोजगारमा आधारित ग्रिनकार्डका अन्य अनावश्यक बाधाहरु हटाउनेछ ।

कामदार भिसा एचवान बीका डिपेन्डेन्टहरुलाई वर्क परिमट प्रदान गर्ने, बालबालिकाहरुलाई एज आउट हुनबाट संरक्षण प्रदान गर्नेछ ।

कामदारलाई शोषणबाट संरक्षण

कामदारको भेरिफिकेशन प्रणालीमा सुधार गर्नेछ । श्रम शोषण हुनबाट संरक्षण प्रदान गर्नेछ । गम्भीर प्रकारको श्रम शोषणमा परेका कामदारहरुई यु भिसाको संरक्षण प्रदान गर्नेछ । सिजनल कामदारका सन्दर्भमा पनि संरक्षण प्रदान गर्नेछ ।

सिमा सुरक्षा

सिमा सुरक्षाका लागि प्रविधिको विकाशमा जोड दिनेछ । लागुऔषधको ओसारपसार रोक्न सबै प्रकारका नाकाहरुमा प्रविधिको जडान गर्नेछ । अमेरिका छिर्ने हरेक गाडी, व्यक्ति र सामाग्रीको उच्च प्रविधिबाट स्क्रीनिंग गर्नेछ । सिमाक्षेत्रमा एसाइलम खोज्नेहरुलाई प्रकृयामा लैजानेदेखि लागुऔषध लगायतका अनाधिकृत बस्तुको ओसारपसार हुन नदिन विशेष संरचना बनाउनेछ ।

सिमाको व्यवस्थापन

बिलले सिमाक्षेत्रमा खट्ने एजेन्ट र अधिकारीहरुलाई पेशागत मर्यादा कायम गर्न र सुरक्षाका सन्दर्भमा तालिम र शैक्षिक सामाग्रीहरु उपलब्ध गराउनेछ । आपराधिक र प्रशासनिक दुब्र्यबहार रोक्न संयन्त्र बनाउनेछ । सीबीपीको हिराशतमा बालबालिका, परिवार र अन्य व्यक्तिको हेरचाह र स्वास्थ्यका लागि अतिरिक्त रकम उपलब्ध गराउनेछ ।

आपराधिक संगठनमाथि कारवाही

आप्रवासीको शोषण गर्ने मानव तस्करी र लागु औषध तस्करीमा संलग्नहरुलाई कारवाही गर्ने क्षमताको बृद्धि गर्नेछ । विदेशी मानवतस्करीको सञ्जालबिरुद्ध अनुसन्धान अगाडि बढाउनेछ ।

आप्रवासनको कारण हटाउन मद्दत

बिलले एल साल्भाडोर, ग्वाटेमाला, होण्डुरस लगायतका देशलाई सहायता रकम बढाउनेदेखि ती क्षेत्रबाट मान्छेहरु बिस्थापित हुन नदिने कार्यक्रमका लागि सहयोग गर्नेछ । त्यसका लागि ४ बिलियन डलर उपलब्ध गराइनेछ । भ्रष्टाचार, हिंशा र गरिबीका कारण मान्छेहरु घर छाड्न बाध्य भएको अवस्थामा त्यसलाई सम्बोधन गर्ने कार्यक्रम ल्याउनेछ । उनीहरुलाई संरक्षण प्रदान गर्नका लागि मध्य अमेरिकाभर प्रोसेसिंग केन्द्रहरु बनाएर विस्थापितहरुको नाम दर्ता गर्ने र शरणार्थीको प्रकृयामा लगिनेछ । विस्थापितहरुलाई अमेरिका वा अन्य कुनै साझेदारी मुलुकमा स्थापनाका लागि अगाडि बढाइनेछ ।

बिलले अमेरिकामा रहेका आफन्तहरुसँग मिलाउन मध्य अमेरिकी बालबालिका कार्यक्रमलाई पुन संस्थागत गर्नेछ । परिवारमा आधारित भिसा आवेदन स्वीकृत गर्न र परिवारलाई छिटो मिलाउन मध्य अमेरिकी परिवार पुनर्मिलन कार्यक्रम स्थापना गर्नेछ ।

अध्यागमन अदालतमा सुधार

बिलले अध्यागमन अदालतहरुमा रहेको ब्याकलग घटाउनेछ । अध्यागमन अदालतका न्यायाधिसहरुका लागि तालिम बढाउनेछ । अध्यागमन अदालतहरुमा प्रविधि बढाउनेछ । योग्य व्यक्तिलाई अध्यागमन राहतहरु दिनका लागि र मुद्दाहरु हेर्नका लागि अध्यागमन न्यायाधिसहरुको तजविज अधिकार बढाउनेछ ।

एसाइलम खोज्नेहरुलाई सहयोग

बिलले एसाइलम खोज्नेहरुका लागि एकबर्षको डेडलाइन हटाउनेछ । एसाइलम आवेदनको ब्याकलग हटाउन रकम उपलब्ध गराउनेछ । यु र टी भिसाका सन्दर्भमा पनि संरक्षणहरु बढाउनेछ । यु भिसाको कोटा १० हजारबाट बढाएर ३० हजार बनाउनेछ । विदेशमा खटिएका अमेरिकी सेनालाई सहयोग गर्ने विदेशी नागरिकहरुलाई संरक्षण प्रदान गर्ने कार्यक्रम बढाउनेछ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com