जाँदाजाँदै अध्यागमनमा कडाई यस्ता कदमहरु चाल्दै ट्रम्प प्रशासन


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

अब अमेरिकामा ट्रम्प प्रशासनको अवधि २ महिनामात्र बाँकी रहेको छ । यो अवधिमा ट्रम्प प्रशासनले अध्यागमनमा लगाम लगाउने केही कदमहरु चाल्ने तयारी गरेकोछ ।

पछिल्लो केहीदिन यता नागरिकताको प्रश्नावली परिवर्तननागरिकता प्रदान गर्दा ग्रिनकार्डबारे छानविन लगायतका नीतिहरु ल्याएको ट्रम्प प्रशासनले ग्रीनकार्ड स्वीकृत गर्दा अधिकारीलाई तजविज अधिकार दिने नीतिमा समेत अपडेट गरिसकेको छ ।

देशनिकालाको प्रकृया चलिरहँदा अध्यागमन जेलबाट सुपरभिजनमा रिहा भएकाहरुलाई वर्क परमिट नदिने प्रस्तावित नियम ल्याएको र मादक पदार्थ सेवन गरेर गाडी चलाउनेलाई एसाइलम नदिने नियम ल्याइसकेको ट्रम्प प्रशासनले अन्य केही नियमहरु ल्याउने तयारी समेत गरेको छ ।

तत्कालका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा एसाइलम खोज्नेलाई मध्य अमेरिकी देशहरुमा पठाउने सहमतिलाई अगाडि बढाउने तयारी गरेको छ । त्यस्तै विद्यार्थी भिसा र वर्क परमिटका सन्दर्भमा पनि केही नयाँ नियमहरु ल्याउने तयारी भइरहेको छ ।

अमेरिकामा एसाइलम खोज्नेलाई मध्य अमेरिकी देशमा पठाउने सहमतिको सुरुवात गतबर्षबाट गरिएको थियो । अहिलेसम्म ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरससँग सहमतिका विभिन्न चरणमा काम भइरहेपनि ग्वाटेमालासँगको सहमतिमात्र कार्यान्वयनमा आइसकेको छ ।

त्यस्तै अमेरिकामा देशनिकालाको आदेश पाइसकेकालाई वर्क परमिट नदिने प्रस्तावित नियम आइसकेकाले ३० दिनको कमेन्ट अवधि सकिएपछि जनवरीमा यसको अन्तिम नियम जारी गर्ने तयारीमा ट्रम्प प्रशासन रहेको छ । पुरानो नियम अनुशार देशनिकालाको आदेश पाइसकेकाहरुले सुपरभिजनमा रिहा हुँदा वर्क परमिट प्राप्त गर्ने नियम रहेको छ ।

त्यस्तै नेपाल लगायतका कैयन देशका विद्यार्थीको भिसामा कडाई गर्ने नियम समेत ल्याउने तयारी ट्रम्प प्रशासनले गरेको छ । गत सेप्टेम्बरमा ट्रम्प प्रशासनले यसबारे प्रस्तावित नियम ल्याइसकेको छ । भिसाको अवधि तोक्ने र केहीदेशका लागि भिसाको अवधि छोटो तोक्ने नियम ल्याउने तयारीमा ट्रम्प प्रशासन रहेको छ ।

४ बर्षमा ४ हजार बढी नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे, २०१८ मा ३८ दशमलव ४ प्रतिशत

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com