यी हुन् अमेरिकी नागरिकताका लागि थपिएका २८ सहितका १२८ प्रश्न, आवेदकले ध्यान दिनुपर्ने ३ कुरा


प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार

आगामी डिसेम्बर १ देखि अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षाका प्रश्नहरु थप गरेको छ । कैयन प्रश्नहरु किनका रुपमा सोधिएका छन् । अमेरिकी सिनेटरहरुको तुलनामा प्रतिनिधिसभा सदस्यको कार्यकाल किन छोटो हुन्छ ? किन स्वतन्त्रताको घोषणापत्र महत्वपूर्ण छ ? किन हरेक राज्यमा २ वटा सिनेटरको संख्या छ ? जस्ता कैयन प्रश्नहरु थपिएका छन् ।

त्यस्तै किन अमेरिकी राष्ट्रपतिले दुईकार्यकालमात्र काम गर्न पाउँछन् ? किन इलेक्टोरल कलेज महत्वपूर्ण छ ? सर्बोच्च अदालतका न्यायाधिसले किन आजिवन काम गर्छन् ? किन अमेरिका प्रथम विश्वयुद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका दोश्रो विश्वयुद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका युद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका भियतानी युद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका पर्सियन गल्फ युद्धमा प्रवेश गरेको थियो ? लगायतका कैयन प्रश्नहरु समेत रहेका छन् ।

सबै १२८ प्रश्नहरु र ती प्रश्नको जवाफ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

डिसेम्बर १ भन्दा अगाडि आवेदन दिनेहरुका सन्दर्भमा पुरानै प्रश्नहरु र परीक्षा प्रणाली कायम रहनेछ । तर त्यसपछि आवेदन दिनेहरुका लागि भने प्रश्नावली र परीक्षा प्रणाली परिवर्तन हुने जनाइएको छ । वर्तमान परीक्षा प्रणालीको तुलनामा नयाँ प्रणाली अझ कठिन हुने भएको छ । अर्थात् अहिलेको तुलनामा अमेरिकी नागरिकता प्राप्त गर्न अझ कठिन हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२० प्रश्नमध्ये १२ को सही जवाफ दिनुपर्ने

अहिले अमेरिकी नागरिकताका लागि अमेरिकी राजनीति, भुगोल, इतिहास लगायतका १० वटा प्रश्नहरु सोधिन्छ भने त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुन्छ । तर डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा २० वटा प्रश्नहरु सोधिनेछ, त्यसमध्ये १२ वटाको सही जवाफ दिनुपर्नेछ । अहिले विभिन्न एकसयवटा प्रश्नहरुभित्रबाट १० वटासम्म सोधिने गरिएकोमा अब ती प्रश्नको संख्या पनि बढाइने भएको छ ।

उत्तिर्ण हुनका लागि आवश्वक पर्ने ६० प्रतिशत स्कोरमा भने कुनै परिवर्तन गरिएको छैन । त्यस्तै ६५ बर्ष काटेका वा २० बर्षभन्दा लामोसमय अमेरिकामा ग्रिनकार्डमा रहेकाहरुका सन्दर्भमा भने १० वटामात्रै प्रश्नहरु सोधिनेछ, उनीहरुले ६ वटा प्रश्नको मात्र सही जवाफ दिएमा अमेरिकी नागरिकताको परीक्षा उत्तिर्ण गर्नेछन् ।

यसैबीच युएससीआईएसले आफ्नो नीति निर्देशिकामा पनि अपडेट गरेको छ । अहिलेसम्म एकसयवटामात्र प्रश्नहरु रहेकोमा अब २८ वटा थपेर १२८ वटा प्रश्नहरु बनाइएको छ । अहिलेसम्म आवेदकले ६ वटा प्रश्न मिलाएको खण्डमा बाँकी प्रश्नहरु युएससीआईएस अधिकारीले सोध्दैनन् तर डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा सबै २० वटा प्रश्नहरु सोध्नेछन् ।

युएससीआईएसले १२ बर्षपछि प्रश्न प्रणालीमा परिवर्तन गरेको हो । यसअगाडि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालको अन्तिम बर्ष सन् २००८ मा प्रश्न प्रणाली परिवर्तन गरिएको थियो भने अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम बर्षमा परिवर्तन गरिदैछ । सन् २०१८ देखि नै परिवर्तनका लागि नीतिगत काम सुरु भएकोमा गत जुलाई र अगस्तमा प्रश्नहरु तय गरिएको थियो ।

सन् २०१८ को डिसेम्बरमा युएससीआईएसले अमेरिकी परीक्षा पुनरावलोकन समुह बनाएको थियो । उक्त समुहले गत जुलाईमा नागरिकताका लागि सोधिने प्रश्नहरुको पुनरावलोकन गरेको थियो ।

अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँगे्रजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

डिसेम्बर १ अगाडिका आवेदकले परीक्षा उत्तिर्ण गर्न नसकेमा ?

आवेदकलाई परीक्षा उत्तिर्ण गर्नका लागि दुईवटा मौका दिइनेछ । पहिलो अन्तरवार्तामा बोल्ने, लेख्ने, पढ्ने र प्रश्नहरुको जवाफ दिनेमध्ये कुनै एउटामा उत्तिर्ण नभएको खण्डमा त्यही भागको मात्र अर्कोपटक परीक्षा लिइन्छ ।

उदाहरणका लागि डिसेम्बर १ अगाडिका आवेदकका सन्दर्भमा सोधिएका १० मध्येको ६ प्रश्नको जवाफ दिन नसकेको खण्डमा र डिसेम्बर १ पछाडिका आवेदकका सन्दर्भमा सोधिएका २० मध्ये १२ प्रश्नको जवाफ दिन नसकेको खण्डमा त्यसका लागि पुन परीक्षा लिइनेछ । यदि प्रश्नको जवाफ दिएको छ तर बोल्ने, लेख्ने र पढ्नेमा अनुत्तिर्ण भएको छ भने जे मा अनुत्तिर्ण भएको हो, त्यसकोमात्र पुन परीक्षा लिइनेछ ।

युएससीआईएसका अधिकारीले अन्तरवार्तामा भएको कुराकानीको आधारमा बोल्ने क्षमताको निर्धारण गर्नेछन् । अधिकारीले दिएका तीनवटामध्ये एउटा बाक्य राम्रोसँग पढेमा पढ्ने परीक्षा उत्तिर्ण गर्न सकिन्छ । अधिकारीले दिएका तीनवटामध्ये एउटा बाक्य राम्रोसँग लेखेमा लेख्ने परीक्षा उत्तिर्ण गरिन्छ ।

अन्तरवार्ताका क्रममा कुनै भागमा अनुत्तिर्ण भएमा ६० देखि ९० दिनभित्र अर्को परीक्षाको मिति तय गरिन्छ । अमेरिकी नागरिकता प्राप्त गर्नका लागि उक्त परीक्षामा उत्तिर्ण हुन आवश्यक छ ।

डिसेम्बर १ अगाडिका आवेदकका सन्दर्भमा पहिलो अन्तरवार्तामा १ सयमध्येबाट १० वटा प्रश्न सोधिन्छ । त्यसमा ६ वटा प्रश्नको जवाफ मिलाउन नसकेको खण्डमा दोश्रो अप्वाइन्टमेन्ट दिएर परीक्षाको मौका दिइन्छ । दोश्रो परीक्षामा पनि १ सयमध्येबाट १० वटा प्रश्न सोधिन्छ । अर्थात् दोश्रो पटकपनि सन् २००८ कै प्रश्नावलीबाट सोधिनेछ ।

सन् २०२० को भर्सनबाट प्रश्न सोधिएका डिसेम्बर १ पछिका आवेदकलाई पहिलोपटक अनुत्तिर्ण भएमा दोश्रो पटक पनि सन् २०२० कै भर्सनबाट १२८ मध्ये २० प्रश्न सोधिनेछ । १२ को सही जवाफ दिनुपर्नेछ ।

६५ बर्ष नाघेका वा २० बर्षबढी ग्रिनकार्डमा रहेकाहरुलाई

डिसेम्बर १ पछि नागरिकताको आवेदन दिने ६५ बर्ष नाघेकाहरु वा २० बर्षबढी ग्रिनकार्डमा रहेकाहरुलाई भने केही सहुलियत रहेको छ । उनीहरुले सबै १२८ वटै प्रश्नहरु पढ्न जरुरी छैन । एस्ट्रीक चिन्ह लगाएका २० वटा प्रश्नहरुमात्र याद गरे पुग्छ ।

एस्ट्रीक चिन्ह लगाएका २० वटा प्रश्नहरु थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

ती २० वटा प्रश्नहरुबाट अन्तरवार्ताका बेलामा जम्मा १० वटा प्रश्नहरु सोधिनेछ । त्यसमध्ये ६ वटा प्रश्नको सही जवाफ दिनुपर्नेछ ।

डिसेम्बर १ अगाडि आवेदन दिएका ६५ बर्ष नाघेका वा २० बर्षभन्दा बढी ग्रिनकार्डमा रहेकाहरुले पढ्नुपर्ने २० प्रश्न

डिसेम्बर १ अगाडि आवेदन दिएका अन्य सबैले पढनुपर्ने एकसय प्रश्न

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com