नयाँ नियम लागु भएपछि नेपालीलाई विद्यार्थी भिसा २ बर्षको मात्रै, अरु मापदण्ड यस्ता छन्


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एफ भिसामा आउने विद्यार्थी, जे भिसामा आउने एक्सचेन्ज भिजिटर र आई भिसामा आउने मिडियाकर्मीहरुको अमेरिका बसाईको अवधि तोक्नका लागि प्रस्ताव गरेको नयाँ नियम आज फेडरल रजिस्टरमा प्रकाशित भएको छ । यो नियमका लागि ३१ दिनको कमेन्ट अवधि राखिएको छ । त्यसपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्नेछ ।

यो नियम लागु भएपछि नेपाल लगायतका कैयन देशका विद्यार्थीहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि २ बर्षकोमात्र विद्यार्थी भिसा पाउनेछन् भने अन्य देशका विद्यार्थीहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि अधिकतम ४ बर्षसम्मको मात्र विद्यार्थी भिसा पाउनेछन् । त्यस्तै आई अर्थात् मिडिया भिसामा आउनेहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि ८ महिनाकोमात्र भिसा पाउनेछन् भने आवश्यक परेमा ८ महिनाका लागि भिसा लम्बाउन सक्नेछन् ।

विद्यार्थी भिसामा आउनेहरुलाई पोर्ट अफ इन्ट्रीमा २ बर्षको भिसा दिने कुराको निर्धारण २ वटा मुख्य मापदण्डका आधारमा गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो, विद्यार्थी भिसा र एक्सचेन्ज भिजिटर भिसामा कुनै पनि देशका नागरिकको ओभरस्टे दर १० प्रतिशत भन्दा बढी रहेको छ भने उनीहरुलाई पोर्ट अफ इन्ट्रीमा आइसकेपछि २ बर्षकोमात्र विद्यार्थी भिसा दिइनेछ । यसमा एफ, एम र जे भिसामा आएर ओभरस्टे हुनेहरुको प्रतिशत गणना गरिनेछ । यी भिसामा आएर ओभरस्टे हुने नेपालीहरु झण्डै साढे १३ प्रतिशत छन् ।

यसअगाडि विद्यार्थी भिसामा आउनेहरुले ड्युरेशन अफ स्टाटसको छाप प्राप्त गर्दै आएका थिए । तर नयाँ नियम लागु भइसकेपछि मिति तोकिनेछ । भिसाको अवधि थप्नुपरेको खण्डमा भिसाको उल्लंघन भएको ठहर भएमा र भिसाको अवधि थप्ने अनुरोध अस्वीकार भएको खण्डमा अस्वीकार भएकै मितिबाट गैरकानुनी उपस्थीतिको गणना सुरु हुनेछ ।

दोश्रो, यो नियम लागु भएमा आतंकवादलाई सहयोग गरेका राज्यको अमेरिकी सुचीमा रहेका देशका विद्यार्थीहरुलाई पनि २ बर्षकोमात्र विद्यार्थी भिसा दिइने भएको छ । उत्तर कोरिया, इरान, सुडान सिरिया लगायतका मुलुकहरु यो सुचीमा रहेका छन् । अर्थात् यी देशका विद्यार्थीहरुले २ बर्षकोमात्र विद्यार्थी भिसा पाउनेछन् ।

त्यस्तै अमेरिकामा अध्ययनका लागि आउने ती देशका विद्यार्थीहरुले राष्ट्रिय सुरक्षामा कुनै खतरा नपर्याउने कुराबारे कडा छानविन समेत गरिनेछ । यदि अमेरिकी विदेश मन्त्रालयले त्यस्ता देशको सुचीमा फेरवदल गरेको खण्डमा फेडरल रजिस्टरमा सुचना प्रकाशित गरेर त्यसबारे जानकारी दिइने जनाइएको छ ।

आज फेडरल रजिस्टरमा प्रकाशित प्रस्तावित नियमको भाषाको अंश

अहिलेका लागि आर्थिक बर्ष २०१८ को ओभरस्टे दरलाई आधार मानिने जनाईको छ । २०१८ मा एफ, एम र जे भिसामा आउने नेपालीहरुको ओभरस्टे दर अमेरिकामा ३८ दशमलव ०४ प्रतिशत रहेको थियो । ओभरस्टे भएपछि केही फर्किएका थिए भने अमेरिकाभित्रै रहेर ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर २०१८ मा ३६ दशमलव २८ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१९ मा भने ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १३ दशमलव ४३ प्रतिशत रहेको थियो । कतिपय ओभरस्टे भएपछि फर्केका थिए भने अमेरिकामा नै ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ११ दशमलव ४३ प्रतिशत रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com