अध्यागमन जेलबाट पर्यवेक्षणमा अस्थायी रिहा भएकालाई वर्क परमिट नदिने प्रस्तावित नियम बिहिबार


प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार

अध्यागमन जेलबाट पर्यवेक्षणमा अस्थायी रिहा भएकालाई वर्क पर्मिट नदिने प्रस्तावित नियम बिहिबार फेडरल रजिस्टरमा प्रकाशित गरिने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्क परमिटमा कटौती गर्ने प्रस्तावित नियमको घोषणा गरेको हो ।

अहिलेसम्मको नियम अनुशार अध्यागमन जेलबाट पर्यवेक्षणमा अस्थायी रुपमा रिहा भएकाहरुले पनि वर्क परमिट प्राप्त गर्दै आएका छन् । देशनिकालाको अन्तिम आदेश पाइसकेको तर हिराशतबाट पर्यवेक्षणमा रिहा भएकाहरुले वर्क परमिट प्राप्त गरेर काम गर्न पाउने नियम रहेकोमा नयाँ नियम लागु भएमा यो नियम खारेज हुनेछ ।

बिहिबार प्रकाशित हुने प्रस्तावित नियम यहाँ पढ्नुहोला ।

देशनिकालाको आदेश पाइसकेकाहरुले देशनिकालाको प्रकृयाको अवधिमा समेत वर्क परमिट प्राप्त गरेर सरकारी श्रोतहरुको उपयोग गरेको भन्दै नियममा परिवर्तन गर्न खोजिएको ट्रम्प प्रशासनको भनाई छ । यद्यपी आफ्नो देशनिकाला अव्यवहारिक भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष पुष्टी गर्न सक्ने थोरै संख्याका व्यक्तिले भने तजविजी वर्क परमिट प्राप्त गर्नसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यवेक्षणमा रिहा भएकाहरुका लागि नयाँ नियमले वर्क परमिटको अवधि समेत एकबर्षमा सिमित गर्नेछ । सुरुमा वा नविकरण गर्नेहरुका सन्दर्भमा समेत यो नियम लागु हुने जनाइएको छ । पहिले नै वर्क परमिट पाइसकेकाहरुका सन्दर्भमा भने उनीहरुको वर्क परमिटमा उल्लेख भएको मिति नै कायम रहनेछ ।

यो नियम प्रस्तावित नियम भएकाले ३० दिनसम्म कमेन्ट अवधि राखिएको छ । कमेन्ट अवधि समाप्त भएपछि यो नियम अन्तिम नियमका रुपमा ट्रम्प प्रशासनले ल्याउन सक्नेछ । यो नियमबाट सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर एसाइलम अस्वीकृत भएकाहरु सबैभन्दा धेरै प्रभावित हुनेछन् ।

यदि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ट्राभल डकुमेन्टका लागि अनुरोध गरेको तर कुनै देशको दूतावास वा कन्सुलेटले ट्राभल डकुमेन्ट बनाउन अस्वीकार गरेको अवस्थामा भने सुपरभिजनमा आस्थायी रुपमा रिहा भएकाहरुले वर्क परमिट प्राप्त गर्नसक्नेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com