अब ग्रिनकार्ड सही तरिकाले लिएको पुष्टी गरेरमात्र नागरिकता, नत्र अस्वीकार


प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले अब आवेदकले ग्रिनकार्ड सही तरिकाले लिएको सुनिश्चित गरेरमात्र अमेरिकी नागरिकता स्वीकृत गर्नेगरी नीति निर्देशिका अपडेट गरेको छ । यदि गल्तीले, जालसाजीपूर्ण तरिकाले वा कानुनको पालना नगरिकनै ग्रिनकार्ड लिएको व्यक्तिलाई नागरिकता स्वीकृत नगरिने युएससीआईएसले जनाएको छ ।

आज जारी पोलिसी अलर्ट यहाँ पढ्नुहोस् ।

अपडेट गरिएको नीति निर्देशिका अनुशार यदि कोही व्यक्ति ग्रिनकार्डका लागि कानुनी रुपमा स्वीकार नभएको पाइएमा त्यस्तो व्यक्तिले नागरिकता प्राप्त गर्न कठिन हुनेछ । विगतमा ग्रिनकार्डका लागि अयोग्य हुने मापदण्डहरुका बारेमा अमेरिकी सरकारले ध्यान नदिइकनै ग्रिनकार्ड स्वीकृत गरेकाहरुलाई पनि नागरिकता स्वीकृत नगरिने जनाइएको छ ।

नागरिकता आवेदन कस्तो अवस्थामा अस्वीकृत गर्ने भन्ने सन्दर्भमा युएससीआईएसका अधिकारीहरुलाई स्पष्ट गाइडलाइन समेत दिइएको छ । यदि आवेदकले नागरिकता आवेदनको प्रकृया चलिरहँदा ग्रिनकार्ड त्यागेको भएमा त्यस्तो आवेदन पनि अस्वीकृत हुनेछ ।

अपडेट गरिएको सम्पूर्ण अंश यहाँ पढनुहोस् ।

नोभेम्बर १८ वा त्यसपछि फाइल गरिएका नागरिकता आवेदनका सन्दर्भमा देशनिकालकाको प्रकृयामा रहेका ग्रिनकार्ड वाहकहरुका सन्दर्भमा पनि नागरिकता आवेदन अस्वीकृत हुनेछ । नयाँ नीति नोभेम्बर १८ बुधबार अर्थात् आजैदेखि लागु गरिएको छ ।

युएससीआईएसले नागरिकता आवेदनका लागि अन्तरवार्ता लिइसकेपछि निर्णय दिनका लागि १२० को अवधि हुन्छ । १२० दिनभित्र निर्णय प्राप्त नगरेको खण्डमा आवेदकले डिस्ट्रिक्ट कोर्टमा न्यायिक पुनरावलोकनका लागि अनुरोध गर्न सक्छन् । न्यायिक पुनरावलोकनपछि या त अधिकारीले आवेदन स्वीकृत गर्नसक्छन्, या छानविन जारी राख्न सक्छन्, या अस्वीकार गर्न सक्छन् ।

यदि आवेदन स्वीकृत भइसकेपछि पनि सपथका लागि मिति तय नहुनसक्छ । यदि युएससीआईएसले नागरिकता आवेदन स्वीकृत भइसकेपछि पनि नागरिकताका लागि अयोग्य हुने कुनै प्रमाण भेटेको खण्डमा यस्तो अवस्था आउन सक्छ । यदि अयोग्य हुने प्रमाण बलियो भएको खण्डमा युएससीआईएसले नागरिकता आवेदनमा पुनविचार गर्नसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com