४ बर्षमा ४ हजार बढी नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे, २०१८ मा ३८ दशमलव ४ प्रतिशत


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

एफ, एम र जे भिसामा अमेरिका आएर १० प्रतिशतभन्दा बढी ओभरस्टे हुने देशका विद्यार्थीहरुलाई अब २ बर्षकोमात्र विद्यार्थी भिसा दिने नियम अमेरिकी सरकारले प्रस्ताव गरेको सन्दर्भमा खसोखासले ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको तथ्यांक खोजी गरेको छ । नेपाली विद्यार्थीहरुको ओभरस्टे दर अमेरिकामा १० प्रतिशतभन्दा बढी नै रहँदै आएको छ ।

गत आर्थिक बर्ष अर्थात् आर्थिक बर्ष २०१९ मा भने ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १३ दशमलव ४३ प्रतिशत रहेको थियो । कतिपय ओभरस्टे भएपछि फर्केका थिए भने अमेरिकामा नै ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ११ दशमलव ४३ प्रतिशत रहेको थियो ।

गतबर्ष एफ, एम र जे भिसामा रहेका ५ हजार १ सय ८८ जना नेपाली विद्यार्थीहरुले अमेरिका छाड्नुपर्ने भएतापनि यी भिसामा हुने ६९७ जना नेपालीहरु ओभरस्टे भएका थिए । १०४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए भने ५९३ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकामा नै बसेका थिए ।

अमेरिकी सरकारले २ बर्षको विद्यार्थी भिसा जारी गर्नका लागि सन् २०१८ को तथ्यांकलाई आधारमान्ने बताएको छ । तर आर्थिक बर्ष सन् २०१८ को नेपाली विद्यार्थीहरुको तथ्यांक अझ खराब रहेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

आर्थिक बर्ष २०१८ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ३८ दशमलव ४ प्रतिशत रहेको छ ।

कुल ओभरस्टे हुने नेपाली विद्यार्थीहरु ३८ दशमलव ४ प्रतिशत रहेपनि अमेरिकाभित्रै ओभरस्टे हुने नेपाली विद्यार्थीहरु आर्थिक बर्ष २०१८ मा ३६ दशमलव २८ प्रतिशत रहेका थिए । आर्थिक बर्ष २०१८ मा ५ हजार ६ सय २३ नेपाली नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा २१ सय ३९ जना अमेरिकामा नै ओभरस्टे भएको सरकारी रिपोर्टमा जनाइएको छ । ९९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेपनि २ हजार ४० जना भने अमेरिकाभित्रै ओभरस्टे भएका थिए ।

आर्थिक बर्ष २०१७ मा जम्मा २२ दशमलव २२ प्रतिशत नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएका थिए । ३५५६ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७ सय ९० जना नेपाली विद्यार्थीमात्र ओभरस्टे भएका थिए । जसमध्ये अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ७ सय १२ जना र ७८ जना ओभरस्टे भइसकेपछि अमेरिका छाड्नेहरु थिए ।

आर्थिक बर्ष २०१६ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरु जम्मा २५ दशमलव ३१ प्रतिशतमात्र रहेका थिए । यो बर्ष २८ सय ७३ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७२७ जना अमेरिकामा ओभरस्टे भएका थिए ।

यसरी हेर्दा ४ बर्षको अवधिमा ४३ सय ५३ जना नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएको देखिएको छ । ओभरस्टे हुनेहरुको तुलनामा ओभरस्टे भइसकेपछि अमेरिका छाड्ने नेपाली विद्यार्थीहरुको संख्या निकै कम रहको छ । ओभरस्टे हुनेहरुबाहेक अन्य विद्यार्थीहरु या त समयमै नेपाल फर्केका थिए, या त अमेरिकामा भिसा थप्ने वा स्टाटस एड्जस्ट गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com