अमेरिकामा कोरोना संक्रमित ५२८, मृतक २१, इटलीमा अवस्था भयावह


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

अमेरिकामा कोरोना संक्रमितको संख्या ५२८ पुगेको छ । आजै ९६ जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

अमेरिकामा कोरोना संक्रमणबाट थप २ को मृत्यु भएपछि मृतकको संख्या २१ पुगेको छ । आजै वासिंटन राज्यमा १८ जनामा नयाँ संक्रमण पुष्टी भएको हो भने थप २ जनाको मृत्यु भएको हो ।

अब वासिंटन राज्यमा मृतकको संख्या १८ पुगेको छ भने क्यालिफोर्नियामा एकजनाको मृत्यु भएको छ । २ जनाको फ्लोरिडामा मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ८ सय ३६ पुगेको छ । आजै ३७४३ थप संक्रमित पुष्टी भएको हो ।

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

विश्वभर कोरोना संक्रमणबाट मृतकको संख्या ३ हजार ८ सय ५ पुगेको छ । आज एकैदिनमा थप २ सय ६ को मृत्यु भएको हो ।

यसैबीच कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको छ ।

उनीहरूलाई अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्।

फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी

युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। कोभिड १९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या ३६६ पुगेको छ। आजै थप १३३ को मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com