अनुष्काको अारोप ‘ए दिल हे मुश्किल’ मा करनले गलत तरिकाले छुन्थे


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

बलिउड नायिका अनुष्का शर्माले फिल्म ‘ए दिल हे मुश्किल’ का निर्माता–निर्देशक करन जोहरविरुद्ध यौनहिंसा गरेको आरोपमा मुद्दा दर्ता गर्ने सोच बनाएको बताइन् । करनले उनलाई निकै नराम्रो तरिकाले छुने गरेको आरोप लगाएकी छिन् ।

अनुष्काले यो खुलासा उनकै च्याट शो ‘कफी विद करन’ मा गरेकी हुन् ।  करनको कार्यक्रममा अनुष्का कट्रीना कैफसँग पुगेकी थिइन्, जो उनको खुलासा पछि द्वीविधामा भएको देखिइन् ।  कट्रिनाले यो क्रममा करनको पक्ष लिँदै भनिन्, ‘तिमीलाई त्यस्तो लागेको मात्र पनि हुनसक्छ ।’

यता करनले भने आफूले त्यतिबेला जिस्किरहेको प्रष्ट पारे । कार्यक्रमको बिचमा करनले फिल्म ‘ऐ दिल हे मुश्किल’ को सुटिङका बेला आफू अनुष्का प्रति आकर्षित भएको स्विकारेका थिए । यहिबाट घटनाले नाटकीय मोड लिएको थियो । अनुष्काले कट्रिनालाई बताइन्, ‘माफ गर, म करनविरुद्ध यौन हिंसाको मुद्दा दर्ता गर्ने सोच बनाएको थिएँ । सुटिङको क्रममा कहिलेकाँही उनी मलाई निकै गलत तरिकाले छुने गर्दथे ।’ एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com