उल्टो सिट हट्यो, उभिनुपर्यो : चारको ठाउँमा आठ


प्रकाशित मिति : पुस ७, २०७३ बिहीबार

काठमाडौं – महिला हिंसा भएको र यात्रु बिरामी भएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्र गुड्ने माइक्रो बसको उल्टो सिट हटाएपनि यात्रु उक्त समस्याबाट अझै मुक्त हुन सकेका छैनन् । पहिला चार जना अटाउने उल्टो सिटमा अहिले व्यवसायीले आठ यात्रुलाई उभ्याउने गरेका छन् ।
महाशाखाले डेढ महिनाअघि उपत्यकामा चल्ने सबै (दुई सय ६० वटा) माइक्रो बसमा उल्टो सिट हटाएको थियो । यसले यात्रुलाई झनै असुविधा थपिएको छ भने व्यवसायीलाई फइदा पुगेको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

सिट हटाएपछि उक्त स्थानमा टाउको निहुँराएर उभिनुपरेको यात्रुको गुनासो छ । उनीहरुले सिटभन्दा धेरै यात्रु राख्न नहुने माग राखेका छन् ।
तर, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्लले उपत्यकाभित्र गुड्ने सवारीमा उभिएर यात्रा गर्न नहुने नियम लागू गर्न नसकिने बताए । अहिले नयाँ बस थपिएकाले यात्रुलाई थप सहज हुने उनले बताए ।
त्यस्तै यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले उल्टो सिट भएको स्थानमा जम्पर सिट राख्नको लागि विभागले ट्राफिक प्रहरीसँग मंसिर २ गते छलफल गरिसकेको जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com