प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स अवार्ड


प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार

काठमाण्डाै – नेपालका युवा अभियन्ता प्रदिप परियार योङ ग्लोबल लिडर्स २०२० बाट सम्मानित हुनुभएकाे छ ।

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै परियारलाई योङ ग्लोबल लिडर्स (वाईजीएल) २०२० अवार्डबाट सम्मानित गरेको हो ।

युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पुर्‍याएको योगदान र सम्भावनाको आधारमा उहाँलाई वाईजीएल अवार्ड प्रदान गरिएको हो ।

यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले याे अवार्ड पाउनुभएकाे थियाे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

याे अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले उनीहरुलाई विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ ।

पाँच वर्षसम्म चल्ने वाईजीएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भन्नुभयाे, ‘मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो ।’

हाल समता फाउण्डेसनको कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्ति निर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गर्नुभएकाे छ ।

परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका परियारले सन् २०११ मा नेपालको पहिलो युवामैत्री बजेट, राष्ट्रिय युवा नीति २०१५ र यसथ भिजन २०२५ ल्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com