कार्यकाल सकिनै लाग्दा ओबामाले गरे नेपालका पक्षमा हस्ताक्षर


प्रकाशित मिति : पुस २, २०७३ शनिबार

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकाल सकिन केहीदिन बाँकी रहँदा नेपालका पक्षमा रहेको एउटा ब्यापार ऐनमा हस्ताक्षर गरेका छन् । नेपालका लागि ब्यापार ग्राह्यता कार्यक्रम सृजना ब्यापार सहजीकरण तथा ब्यापार कार्यान्वयन ऐन टिएफटिईएमा ओबामाले हस्तक्षर गरेका हुन् ।

यो ऐनले निश्चित गलैंचा, शिरपोस, शल, स्कार्फ र भ्रमण सामाग्री लगायतका योग्यताका खास मापदण्ड पूरा गर्ने नेपालबाट आयात हुने दर्जनौं किसिमका बस्तुलाई आधिकारिक रुपमा भन्सारछुट सुविधा प्रदान गर्छ ।

नेपाल कार्यक्रमलाई १० बर्षका लागि स्वीकृत गरिएको नेपाल स्थीत अमेरिकी दूतावासले जनाएको छ । २०७२ सालको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने लक्ष्यका साथ उक्त कार्यक्रम तर्जुमा गरिएको छ ।

अमेरिकी बजारमा भन्सारछुट सुविधासहित प्रवेश पाउन हालसम्म अयोग्य रहेका केही नेपाली निर्यात सामग्रीहरुलाई यो कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउँछ । यसले एक ब्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरेको छ ।

जुन नेपाललाई विश्व ब्यापार संगठनको व्यापार सहजिकरणसम्बन्धी सहमति टीएफएको कार्यान्वयनमा नेपाललाई सघाउने कार्यमा केन्द्रीत छ ।

यस कानुनले नेपाली व्यापार व्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात विस्तार गर्ने सुनौलो अवशर प्रदान गरेको अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले बताएकी छिन् ।

यस्ता व्यापार ग्राह्यता कार्यक्रमले केही सहयोग प्रदान गर्ने तर लगानीलाई प्रोत्साहन गर्ने नीतिगत सुधार, उन्नत व्यापारिक वातावरण र सबै क्षेत्रलाई सहयोग गर्ने श्रम सुधारमार्फत नै अन्नत नेपालको बृहत आर्थिक विकाश हासिल हुने नेपालका लागि अमेरिकी राजदूत टेपलेट्जको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com