अमेरिकी सरकार सटडाउनपछि सैन्य सेवा जारी, तलब भने नपाउने


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

बजेट पारित नहुँदा शुक्रबार रातीदेखि अमेरिकी सरकार सटडाउन भएको छ । तर बजेट निकाशा नभएर अमेरिकी सरकार सटडाउन भएपनि अमेरिकी सैन्य सेवा भने जारी रहनेछ । अमेरिकी सेनामा कार्यरतहरुले नियमित काममा खट्नुपर्ने भएपनि उनीहरुले सरकार नखुल्दासम्म तलब भने पाउनेछैनन् ।

अमेरिकी सरकार सटडाउन भएपनि अफगानिस्तानमा अमेरिकी युद्ध प्रभावित हुनेछैन । सिरिया र इराकमा जारी सैन्य अपरेशनहरु पनि प्रभावित हुनेछैनन् । अमेरिकी रक्षा मन्त्रालयका डेपुटी सेक्रेटरीले सरकार सटडाउन भएको समयमा सैन्य सेवा कसरी जारी राख्ने भन्ने सन्दर्भमा रक्षा मन्त्रालयका विभागीय प्रमुखहरुलाई निर्देशन पठाइसकेका छन् ।

अमेरिकी सरकारको सटडाउनको बेलामा अत्यावश्यक बाहेकका अन्य कर्मचारीहरुलाई सरकार नखुल्दासम्मका लागि छ्टट्ी दिइनेछ । यसरी छुट्टी पाउनेहरु झण्डै साढे ८ लाख हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com