एचआर्इभी एड्सका विरुद्धमा लड्न युवालाई आह्वान


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

मङसिर– २६, जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी÷एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गरेका छन् ।
देशको अन्य विकासका लागि बाधक र चुनौती बन्दै गएको रोगका विरुद्धमा लड्न उनले सोमबार युवाहरुलाई आह्वान गरेका हुन्।

विश्व एड्स दिवसको अवसरमा उनले एचआइभी संक्रमण विशेष गरेर युवा अवस्थामा सुरु हुने भएकाले युवाहरु नै यसका विरुद्धमा लड्नु पर्ने बताए।
उनले सबै बालबालिका र युवाहरुलाई एचआईभीको संक्रमण छ की छैन भन्ने जाँच्नका लागि ‘आफ्नो अवस्था थाहा पाऔंँ भने । अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
हरेक वर्षको डिसेम्बर १ लाई विश्वभरि एचआर्इभी एड्स दिवसका रूपमाम मनाउने गरिन्छ । रासस र सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com