दक्षिणपन्थी विरुद्ध बोस्टनमा प्रदर्शन


प्रकाशित मिति : भाद्र ४, २०७४ आईतबार

अमेरिकाको बोस्टन शहरमा उग्र दक्षिणपन्थीहरुले अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै आयोजना गरेको र्‍यालीको विरोधमा दशौँ हजारले प्रदर्शन गरेका छन्।

उनीहरुको संख्या र नाराका कारण सम्बोधनको योजना स्थगित गरि उक्त र्‍याली बिचमै रोकिएको थियो।

एक हप्ताअघि श्यार्लोट्सभिलमा गोरा सर्वोच्चतावादी र जातिवाद विरोधीबीच भएका झडपमा एक जना महिलाको ज्यान गएको जस्तो घटना दोहोरिन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएका थिए।

बोस्टनमा प्रहरीले दुई समूहको बीचमा फराकिलो सुरक्षा घेरा कायम गरेका थिए।

प्रभाव

बोस्टन

दक्षिणपन्थी वक्ताहरुको कार्यक्रममा बोस्टन कमनमा भन्ने स्थानमा नै खुम्चिएको थियो।

त्यसमा थौरै मानिसहरु जम्मा भएका थिए र उक्त कार्यक्रमलाई चाँडै अन्त्य गरी सहभागीहरुलाई प्रहरीले सुरक्षा दिएर बाहिर पठाएका थिए।

अघिल्लो सप्ताहान्त भर्जिनियाको श्यार्लोट्सभीलमा भएका प्रदर्शनले हिसात्मक स्वरुप ग्रहणगरेपछि अमेरिकामा तनाव बढिरहेको छ।

बोस्टनका आयोजकहरुले जातिवाद र घृणावादलाई आफूहरुले कुनै स्थान नदिने बताएका छन्।

कडाइ

द बोस्टन हेराल्डका अनुसार करिब ३० हजार जना उक्त विरोध प्रदर्शनमा सहभागी रहेका थिए।

झडप हुन नदिन सयौँ प्रहरीहरु परिचालन गरएको थियो।

प्रहरी विरुद्ध नाराबाजी र ढुङ्गा हानिएपछि २० जनालाई पक्राउ गरिएको बोस्टन ग्लोब समाचारपत्रले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com