यस्तो छ अमेरिका पुगेर फर्काइएका तन्नेरीको कथा


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

जेष्ठ २५, २०७४- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार साँझ साढे सात बजे बाहिर निस्कएका सात तन्नेरीका हातमा अन्य यात्रुको जस्तो कुनै सुटकेस थिएन । उनीहरुले काधमा स-सानो बोराजस्तो धोक्रो झुण्डाएका थिए । अमेरिकाबाट फर्किएका अन्य यात्रुको जस्तो उनीहरुको अनुहारमा कुनै उत्सुकता र खुशी थिएन । चप्पल पडकाउँदै विमानस्थल बाहिर आएका उनीहरुको अनुहार फुङ उडेको थियो ।

डिपोर्टमा परेका यि सातै तन्नेरीलाई युएस ईमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टले सरकारी जहाज नै चार्टर गरेर नेपाल ल्याइएको थियो । मानव तस्करको चंगुलमा परेका यि सातै तन्नेरीले अमेरिका पुग्नकै लागि तीस देखि चालिस लाख रुपैयाँ खर्चेका थिए । स्थलमार्ग हुँदै भारत पुगेका यि सातै जना तीन महिनादेखि सात महिना लामो विभिन्न देशको अवैध मार्ग हुँदै मेक्सिको पुगेका थिए । मानव तस्करकै सल्लाहमा तिनीहरुले अमेरिका र मेक्सिको बोर्डरको पर्खाल नाघेर अमेरिकी भूमी टेकेका थिए । 

अमेरिका टेकेलगत्तै सातै जना पक्राउ परेका थिए । सात महिनादेखि एक बर्ष लामो कानूनी प्रक्रियापछि पनि शरणार्थी बन्नका निम्ती उपयुक्त नदेखिएपछि सबैलाई अमेरिकाको डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विमान नै चार्टर गरेर डिपोर्ट गरिदिएको हो ।

यि मध्ये धेरैजसोले भारत हुँदै टर्की, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला हुदै मेक्सिकोसम्मको अवैध यात्रा छिचोलेका थिए । मानव तस्करलाई चालिस लाख सुम्पेर ज्यानको माया मारी अमेरिका पुग्ने सपना देखेका बाग्लुङका २२ बर्षिय तन्नेरीले अवैध यात्रको दु:ख कान्तिपुरसँग यसरी साटे ।  

डिपोर्टमा परेका सातजना नेपालीलाई युएस ईमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टले डिपाेर्ट गरी ल्याउँदा प्रयाेग गरेकाे चार्टर्ड जहाज ।
Source : Ekantipur

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com