बैशाख १८ गते पहिलो चरण निर्वाचनको उम्मेदवारी दर्ता


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले बैशाख १८ गतेलाई निर्धारण गरेको जनाईएको छ । आयोगले दलहरुवीचको नयाँ राजनीतिक सहमतिपछि निर्वाचन कार्यक्रम तालिकामा सामान्य संशोधन गरेको जनाईएको हो ।
सोमबार प्रधानमन्त्री प्रचण्डको आह्वानमा सरकार, निर्वाचन आयोगका आयुक्त र संघीय गठबन्धनका नेताहरुको संयुक्त बैठक बसेको थियो ।
यसअघि आयोगले उम्मेदवारी मनोनयनको मिति बैशाख १६ गतेलाई तोकेको भने आयोगले दोस्रो चरणको निर्वाचनका लागि दल दर्ता खुल्ला गर्ने भएको जनाईएको छ ।
बैठकले पहिलो चरणको चुनावको उम्मेदवारी दर्ता बैशाख १६ गतेबाट दुई दिनपछि सार्ने निर्णय गरेको हो ।
यस्तै दोस्रो चरणको निर्वाचनका लागि दल दर्ताको व्यवस्था गर्ने भएको छ । तर तत्काल कानून संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिन्ह वितरण र मत पत्र छापेर निर्वाचन गर्न भने नसकिने आयोगले प्रष्ट पारेको छ । आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार नयाँ दल राजपालाई दर्ता गरेर चुनाव चिन्ह दिन सकिदैन भनेर हामीले भन्यौँ, उहाँहरु कन्भिन्स हुनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नयाँ दललाई चुनाव चिन्ह वितरण गर्न लाग्दा निर्वाचन प्रभावित हुने भएकाले चुनाव चिह्न सम्बन्धी व्यवस्था निर्वाचन आयोगले तोकेबमोजिम हुने निर्णय पनि बैठकले गरेकोले जनाएको छ ।
यस्तै
बजेटलाई केही समय पर सार्ने विषयमा पनि कुराकानी भएको थियो ।
बैठकमा जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्थाले निर्वाचन आचारसंहिता आकर्षित हुने भएकाले बजेटलाई केही समय पर सार्ने कुराकानी भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com