अष्ट्रेलियाले अध्यागमन आधा घटाउन विद्यार्थी भिसामा गरेको कडाई के हो?


प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार

अष्ट्रेलियाले आगामी दुईबर्षमा अध्यागमन आधा घटाउने योजना अन्तरगत विद्यार्थी भिसामा कडाई गर्ने नियम ल्याएको छ । अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको आवश्यकताहरु परिमार्जन गरेपछि मार्च २३ पछि पेश गरिएका विद्यार्थी भिसा आवेदनहरूका सन्दर्भमा नयाँ नियम लागु भइसकेको छ ।

अब अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) मा समग्र स्कोर ६ वा त्योभन्दा माथि भएकाहरुलेमात्र अष्ट्रेलियाको विद्यार्थी भिसा पाउन सक्नेछन् । विगतमा ५ दशमलव ५ वा त्योभन्दा माथि स्कोर भएकाहरुले समेत भिसा पाउनसक्ने व्यवस्था रहेको थियो । विद्यार्थी र स्नातक भिसा आवेदकहरू दुवैका लागि अंग्रेजी भाषा प्रवीणताको मापदण्ड बढाइएको छ। अर्थात् अस्थायी स्नातक भिसा आवेदकहरूले पनि अब अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) मा ६ दशमलव ५ वा त्योभन्दा माथि स्कोर ल्याउनुपर्छ, विगतमा उनीहरुले ६ स्कोर ल्याए पुग्ने व्यवस्था थियो ।

त्यस्तै विगतमा ३ सय शब्दको बयान लेखेमात्र हुनेमा अब विभिन्न प्रश्नहरुको जवाफ दिनुपर्नेछ । उक्त जवाफ १५० शब्दमा सिमित गर्नुपर्नेछ । परिवार, समुदाय, रोजगारी र आर्थिक परिस्थितिसँगको सम्बन्ध लगायत आवेदकको वर्तमान परिस्थितिको विवरण, आवेदकले सम्बन्धित विषय अष्ट्रेलियामा पढ्न चाहनुको कारण, पढाई पूरा गरेपछि आवेदकलाई हुने फाइदाबारे तीनवटाप्रश्नको जवाफ पेश गरेपछि १५० शब्दमा आवेदकको थप जानकारी दिनुपर्नेछ । जसमा आवेदकको अध्ययनको इतिहास, विद्यार्थी भिसा बाहेक अन्य भिसा भएका भए नभएको विवरण, विद्यार्थी भिसाको लागि आवेदन गर्ने कारणहरू, आवेदक र प्रायोजकको अध्यागमन इतिहास, अष्ट्रेलिया सहित कुनै पनि देशबाट भिसा अस्वीकार भए नभएको विवरण जस्ता कुराहरु समावेश छन् ।

त्यस्तै विद्यार्थी भिसा घोषणालाई विद्यार्थी भिसाका सर्तहरू बुझ्नको लागि परिमार्जन गरिएको छ । नयाँ नियमले पढ्ने प्राथमिक उद्देश्य नभई काम गर्ने प्राथमिक उद्देश्य भएकाहरुलाई र अष्ट्रेलियामा अन्य भिसामा आइसकेपछि विद्यार्थी भिसामा जान चाहनेहरुलाई निरुत्साहित गरेको छ । अष्ट्रेलिया सरकारले अब शिक्षा संस्थाहरूलाई लगातार नियमहरूको उल्लंघन वापत अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्नबाट रोक्ने अधिकार समेत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थी भिसाका आवेदकहरूको लागि आर्थिक आवश्यकताहरू पनि वृद्धि गरिएको छ। व्यक्तिहरूले कम्तिमा २४ हजार ५ सय ५ डलर बचत देखाउनुपर्नेछ , जुन पहिलेको भन्दा १७ प्रतिशत बृद्धि हो । अब भिसा प्रदान गर्दा पाठ्यक्रम चयन, शैक्षिक प्रगति, अघिल्लो अध्यागमन इतिहास र भिसा सर्तहरूको अनुपालन जस्ता कारकहरू मूल्याङ्कन गरिनेछ।

अष्ट्रेलियाले सन् २०२५ को जुनसम्म अध्यागमन घटाएर २ लाख ५० हजारमा झार्ने लक्ष्य लिएको छ । सन् २०२३ को सेप्टेम्बरसम्मको एकबर्षमा ५ लाख ४८ हजार व्यक्ति अष्ट्रे्रलिया आएपछि अष्ट्रेलियामा आप्रवासन उच्च बिन्दुमा पुगेको थियो । सबैभन्दा पछिल्लो तथ्यांक अनुशार हाल अष्ट्रेलियामा झण्डै ७ लाख १४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरु रहेका छन् । जसमध्ये भिजिटर भिसामा आएर विद्यार्थी भिसामा जानेहरुको संख्या उल्लेख्य छ । सरकारले भिजिटर भिसामा आएर विद्यार्थी भिसामा जाने लहर रोक्न भिजिटर भिसामा आएर थप समय बस्न नपाइने सर्तहरू बढाएको छ ।

जनवरीसम्मको सरकारी तथ्यांक अनुशार अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा नेपालीहरु तेश्रो नम्बरमा रहेका छन् । कुल अध्ययनरत ५ लाख ६७ हजार ५ सय ७ मध्ये चीनका १ लाख १५ हजार ४ सय १५ जना, भारतका ९७ हजार १ सय ५२ जना र नेपालका ४८ हजार २ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत रहेका थिए । जसमध्ये न्यू साउथ वेल्समा ३१ हजार ४ सय ३९, भिक्टोरियामा ६ हजार ४ सय ७८, क्वीन्सल्याण्डमा ३ हजार ४, साउथ अष्ट्रेलियामा २ हजार ३ सय १६, वेष्टर्न अष्ट्रेलियामा २ हजार १ सय २३, तास्मानियामा ८७१, नर्दन टेरोटोरीमा १ हजार २६, अष्ट्रेलियन क्यापिटल टेरोटोरीमा ११ सय १४ जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com