क्रोएसियाली खेलाडी निकोला कालिनिचले विश्वकपको पदक लिन गरे अस्वीकार


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

क्रोएसियाली फुटबल खेलाडी निकोला कालिनिचले विश्वकपको पदक लिन अस्वीकार गरेका छन् ।

क्रोएसियाली सञ्चारमाध्यमहरुका अनुसार उपविजेता बनेको क्रोएसियाका खेलाडी कालिनिचले आफूलाई पहिले नै घर फर्काएको भन्दै पदक लिन अस्वीकार गरेका हुन् । उनले रुस विश्वकपमा नाइजेरियाविरुद्धको एउटा खेलमा मात्रै बेञ्चमा बसेका थिए ।

नाइजेरियासँगको खेलमा ढाडमा समस्या भएका कारण कालिनिच सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गर्न उनले अस्वीकार गरेका थिए । खेलको ८५ औँ मिनेटमा प्रशिक्षक ज्लाटको डालिचले उनलाई मैदान प्रवेश गराउन खोजे पनि उनले ढाडमा समस्या भएको भन्दै अस्वीकार गरेका थिए । त्यसैका कारण उनलाइै घर फर्काइएको थियो । प्रशिक्षक डालिचका अनुसार कालिनिचले वार्म अप म्याचमा पनि सहभागी हुन आनाकानी गरेका थिए ।

कालिनिचलाई पदक दिँदा ‘धन्यवाद तर म रुसमा खेलेको थिइनँ’ भन्ने जवाफ आएको बताइएको छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com