विश्वकप रंगशालामा नेपाली झण्डा कसले फहर्याए ?


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

यतिबेला विश्वभर नै विश्वकप फुटबलको ज्वरो छ । केटाकेटीदेखि युवायुवती र वृद्द,वृद्दासम्म यसतखेर विश्वकपमै झुम्मिएका छन् । अधिकांश नेपाली रुसमा जारी विश्वकप फुटबल आ आफ्नो टेलिभिजन सेटमै हेरेर चित्त बुझाउन बाध्य छन् । रुसमै पुगेर प्रत्यक्ष विश्वकप फुटबलको भीडन्त हेर्ने कुरा धेरै नेपालीकालागि सपनातुल्य हो । तर यसपटक रुसमै पुगेर केही नेपालीले पनि प्रत्यक्ष विश्वकप फुटबलको मज्जा लिएका छन् । त्यतिमात्र होइन चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय भण्डा रंगशालामै फहराएर विश्वका अर्बौ दर्शक माझ नेपाललाई चिनाएका छन् ।

पूर्वाञ्चलको मकालु टेलिभिजनको एउटा टोली नै प्रत्यक्ष फुटबल हेर्न रुस पुगेका हुन् । टोलीमा सिइओ दिवस सुवेदी,उपेन्द्र राई,पर्वत राई,मिनकुमार श्रेष्ठ,वीरेन्द्र भगत र जेनिश कोइरालासहित ८ जनाको टोलीले रुसमा पुगेर विश्वकप खेलको प्रत्यक्ष मज्जा लिएका छन् । उनीहरुले पोर्चुगलविरुद्ध स्पेन,ब्राजिलविरुद्ध स्वीजरल्याण्ड,इङ्ल्याण्डविरुद्ध ट्युनेसिया र पोर्चुगलविरुद्ध मोरोक्कोका खेलहरु प्रत्यक्ष हेरेका थिए । खेलकाक्रममा उनीहरुले फहराएको नेपालको राष्ट्रिय झण्डाले टेलिभिजन प्रत्यक्ष प्रसारणमा समेत एक्सपोज हुने अवसर पाएको थियो ।

नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर विश्वबाट ओइरिएका दर्शकहरुसँगै बसेर स्टार फुटबलरहरुको खेल प्रत्यक्ष हेर्न पाउनु दुर्लभ सपना जस्तै लाग्दो रहेछ,दिवेशले थपे–त्यसबाट प्राप्त खुशी र आनन्द वर्णन गरेर साध्य छैन ।

खेल हेर्ने क्रममै धेरै विदेशीहरुलाई नेपाल र यहाँको पर्यटकीय क्षेत्रकाबारेमा समेत जानकारी गराइएको दिवशले भने । फुटबल हेर्न आउने धेरै विदेशी दर्शककालागि नेपाली झण्डा नै आकर्षणको विषय बनेको उल्लेख गर्दै उनले भने–धेरैले हाम्रो झण्डासँग फोटो खिचाए ।

उनीहरु निजी खर्चमा फुटबल हेर्न रुस पुगेका हुन् । टोली शनिवार नेपाल फर्कदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com