सबिता कार्की र दिक्पाल कार्की एकसाथ रयाम्पमा उत्रिदै


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

चर्चित नेपाली मोडल सविता कार्की र दिक्पाल कार्की आइतबार काठमाडौंमा एकसाथ रयाम्पमा उत्रिने भएका छन् । आइतबार सोल्टी क्राउन प्लाजामा हुने एउटा प्रतियोगितामा शो टपरका रुपमा उनीहरु र्याम्पमा उत्रिन लागेका हुन् ।

डिजाइनर रेखा मोदी मित्रुकाको डिजाइनमा सविता र दिक्पाल पहिलोपटक र्याम्पमा उत्रिन लागेका हुन् । कार्यक्रमको कोरियोग्राफी मिस नेपाल उषा खड्कीले गर्दैछिन् ।

चर्चित मोडल सविता कार्की भारतको चर्चित इन्डियाज नेक्स्ट टप मोडलमा फस्ट रनर अप भएकी थिइन् । १९ बर्षको उमेरदेखि नै मोडलिङमा लागेकी सविता नेपालमा दर्जनौं थुप्रै फेशन शोहरुमा उत्रिएर चर्चाको शिखरमा पुगेकी थिइन् । भिक्टोरिया सेक्रेटकी मोडलबाट प्रभावित उनी अहिले उनी नेपालमामात्र होइन नेपाल बाहिर समेत चर्चित बनेकी छिन् ।

मोडल दिक्पाल कार्की थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा छैठौं स्थानमा आएका थिए भने फिलिपिन्समा भएको मिस्टर ग्रयाण्ड इन्टरनेशनलमा पब्लिक च्वाइस अवार्ड र सोसल मिडिया स्टार बन्न सफल भएका थिए ।

कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com