एसईई परीक्षा आजबाट


प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार

काठमाडौं अमर्यादित कार्य गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद चैत्र ८, २०७४ -माध्यामिक शिक्षा परीक्षा एसईई मुलुकभर आजबाट सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यलयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जामटेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी रहेका छन् । बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ परीक्षा सुरु भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । परीक्षामा प्रति केन्द्र एक जना केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति खटिएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।  परीक्षा नियन्त्रक रेग्मीका अनुसार, प्रदेश १ बाट ४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २, प्रदेश ३ बाट सबैभन्दा बढी १ लाख २ हजार, प्रदेश ४८ बाट ४ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार, प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदैछन् ।  यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिएको हो । जसअनुसार अनिवार्य विषय तर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा बाधा पुर्याउने र अमर्यादित कार्य गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको रेग्मीले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com