डाेल्पाका सांसदलाई स्वर्गबाट एक (शिशु) नजन्मदै मरेकी चेलीको मार्मिक चिठी


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

माननीय सांसद ज्यु मलाई थाहा छ। तपाइले आजै मात्र सुर्खेतमा आफ्नो पदको सफत गर्नु भएको छ । यो सुभदिनमा मैले तपाइलाई एउटा दुखको खबर सुनाउन गइरहेको छु ।
यस अघिका सांसदले डोल्पाको विकास गर्न सकेनन सिवाय आफु बन्ने बाहेक । अहिले सम्म डोल्पामा राम्रो उपचार गर्न राम्रो एउटा मात्र अस्पताल नभएको हुदा आज म जन्मन नपाउदै मर्नुपर्यो ।

मेरी ममतामयी आमा अहिले पोखराको अस्पतालमा मर्नु न बाच्नुको हालतमा छिन ।
डोल्पामा यसअघि म जस्तै जन्मन नपाउदै बच्चा र जन्माउन नसक्दा बेलैमा उपचार नपाएर कति आमाको ज्यान गयो तपाइलाई थाहै होला ।
अब तपाइलाई डोल्पाली जनताले भोट दिएर सांसद बनाएर पठाएका छन् । तपाइले पनि उहिलेका सांसद जस्तै आफु बन्ने मात्र नभई डोल्पाको विकास राम्रो संग गरिदिनु होला । ताकी अबका दिनमा डोल्पामा कुनै पनि बच्चा मलाई झैँ नजन्मदै मर्न नपरोस ।

कुनै पनि आमा बच्चा जन्माउन नसक्दा बेलैमा उपचार नपाएर मर्न नपरोस ।
सबै डोल्पालीहरु खुसि, शिक्षित, स्वस्थ, सम्बृद्ध र सुखी बन्न सकुन, त्यस्का लागि तपाइले आफ्नो व्यक्तिगत, पारिवारिक पार्टीगत स्वार्थबाट माथि उठी अर्थपूर्ण काम गरेर देखाउनुहोस भन्ने ठुलो सुभेच्छा छ ।

उही तपाईको जिल्ला डोल्पाकि नजन्मदै मरेकी चेली हाल स्वर्गबाट
चिठ्ठीको मर्म यस्तै वास्तविक घटना संग सम्बन्धित छ
डोल्पाको मुड्केचुला गाउँपालिकाकी सबिता रोकायालाई हेलिकोप्टरबाट केहि समय पहिले उद्दार गरिएको थियो । गर्भवती रहेकी रोकायालाई उच्च रक्तश्राव भएपछि हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएको थियो ।

यहि माघ २७ गते सुत्केरी हुने मिति डक्टरले दिए पनि केही साता अगावै अत्यधिक रगत बगेपछि ५ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि पोखरा लगिएको आफन्त योगेन्द्र बूढाले जानकारी दिए ।

उच्चरक्तश्रावले गर्भवती आमा र गर्भको बच्चाको ज्यान जोखिम हुने खतरा बढेपछि तत्तकाल उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको थियो । त्यहाँ अस्पतालले आमाको त ज्यान बच्यो तर शिशुलाई भने जोगाउन सकिएन।

भरपर्दो स्वास्थ्य संस्थाको अभावमा उपचारको विकल्प नहुदा डोल्पाका महिलाले हरेक वर्ष सुरक्षित प्रसुति अभावमा ज्यान गुमाउनु परेको छ । शिशुको ज्यान गए पनि सबिता रोकायाको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सबिता रोकाया डोल्पाको मुड्केचुला गाउँपालिका उपप्रमुख हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com