आफ्नै आँगनमा खेलिरहेका आठ वर्षीय बालक गोलीलागी मारिएपछि…


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको एकजना आठ वर्षीय बालक अकस्मात प्रहरीको गोलीले मारिएको समाचारले त्यस क्षेत्रमा ठूलो आश्चर्य भएको छ ।

बुधबार अपरान्हमा सो दुर्घटना भएको हो । आफ्नो हजुरबुवासँग खेलिरहेको उक्त बालकलाई अकस्मात गोली लागेको बताइएको छ ।

उत्तर प्रदेशको मथुरा गाँउमा प्रहरी गएको भए पनि प्रहरी घटनास्थलबाट निकै टाढा रहेको रहेको तर गोली कसरी त्यहाँसम्म आइपुग्यो भन्ने बारेमा भने सबैलाई आश्चर्य लागेको छ ।

बच्चालाई गोली लागेको छ, उसलाई अस्पताल पनि नपु¥याउँदै निधन भएको छ, प्रहरी उक्त गाँउमा गस्तीमा गएको भए पनि घटना भएको समयमा प्रहरी निकै पर रहेकोले प्रहरीकै गोली लागेको भन्न निकै गाह्रो भएको छ– सो गाउका प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

मथुरा जिल्लाको एक गाउँका माधव भारद्वाज नामका ती बालकका हजुरबुवाले प्रहरीले नै गोली प्रहरी गरेको ठोकुवा गर्नुभएको छ ।

सो घटनाका बारेमा प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ । उसले गाँउलेहरुसँग यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

गाउँलेहरुले गोली हान्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनीहरुले अन्यथा सो गाउमा रहेको प्रहरी चौकी घेराउ गर्ने पनि चेतावनी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com