भिसामा रोक लगाउनेबारे ट्रम्पको कडा र नयाँ आदेश, अक्टोबर १८ बाट लागु हुने


प्रकाशित मिति : आश्विन ९, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबर १८ देखि लागु हुनेगरी विश्वका विभिन्न ७ देशका नागरिकमाथि अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने आदेश दिएका छन् । ट्रम्पले आइतवार नयाँ आदेश जारी गर्दै ७ देशका नागरिकमाथि अमेरिका आउनमा अनिश्चितकालिन प्रतिबन्ध लगाएका हुन् ।

नयाँ आदेश अनुशार अर्को महिनादेखि इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरियाका अधिकांश नागरिकहरुलाई अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइने भएको छ । आइतवार राती ट्रम्पले जारी गरेको घोषणामा इराकका नागरिक र भेनेजुयलाका केही समुहका व्यक्तिले पनि अमेरिकाको यात्रामा कडा प्रतिबन्धहरु र जाँचबुझको सामना गर्नुपर्नेछ । ट्रम्पले यसअघि कार्यकारी आदेशमार्फत लगाएको यात्रा प्रतिबन्ध भने आइतवारबाट समाप्त भएको छ । नयाँ आदेशमा चाड, उत्तर कोरिया र भेनेजुएलालाई सुचीमा थपिएको छ भने सुडानलाई हटाइएको छ ।

नयाँ आदेश अनुशार सुचीमा रहेका देशका अधिकांश नागरिकहरु अमेरिकामा स्थायी रुपमा बसाईसराई गर्न असक्षम हुनेछन् भने अधिकांशलाई अमेरिकामा अध्ययन, घुमघाम र कामका लागि आउन दिइने छैन ।

इरानले अहिलेपनि आफ्ना नागरिकलाई विद्यार्थी एक्सचेन्ज कार्यक्रम अनुशार अमेरिकामा पठाउन त सक्नेछ तर उनीहरुको अत्यन्तै कडा जाँचबुझ गरिनेछ । भेनेजुएलाका केही सरकारी अधिकारीहरु र उनीहरुका परिवारलाई अमेरिका भ्रमणका लागि प्रतिबन्ध लगाइनेछ । सोमालियाका नागरिकहरु अब अमेरिकामा स्थायी रुपमा बसोबासका लागि आउन पाउने छैनन् तर भ्रमणका लागि आउनुपरेमा भने कडा छानविन र जाँचबुझ गरिनेछ ।

नयाँ आदेश पहिले नै अमेरिकाको ग्रिनकार्ड पाइसकेकाहरु र अमेरिकाको भिसा पाइसकेकाहरुका हकमा भने लागु नहुने जनाइएको छ । पहिले नै भिसा पाइसकेकाहरुको पनि भिसा खारेज नगरिने जनाइएको छ । जसको मतलज अमेरिकामा विद्यार्थी भिसामा रहेकाहरुले भिसा वहालरहदासम्म आफ्नो पढाई पुरा गर्न पाउनेछन् भने कामदार भिसामा रहेकाहरुले पनि भिसा बहाल रहँदासम्म काम गर्न पाउनेछन् । तर भिसा सकिएपछि उनीहरुको भिसा अवधि भने थपिनेछैन । यात्रा प्रतिबन्धमा शरणार्थीबारे भने केही समेटिएको छैन तर शरणार्थीहरुका लागि भने केही दिनमा छुट्टै नियम घोषणाको तयारी भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com