स्वास्थ्य नै धन - Page 7 of 14 - KHASOKHAS

स्वास्थ्य नै धन

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

फागुन ३ भोजपुर । भोजपुर जिल्लामा हात्तीपाइले ९फाईलेरिया० रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एक लाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए । …

मुटुका लागि ध्वनि प्रदूषण खतरा

एजेन्सी– ध्वनि प्रदूषणले मुटुका रोग निम्त्याउने खतरा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न खालका ध्वनीका कारण कोरोनरी आर्टरी राग, हाइपरटेन्सन र मुटु फेल हुनेजस्ता समस्या निम्तने अनुसन्धानकर्ताको भनाइ छ । यो अध्ययनको नतिजा अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा यसैसाता प्रकाशित छ । अनुसन्धानकर्ताहरुले ठूलो आवाजले निद्रा खल्बल्याउनेमात्र होइन, थुप्रै स्वास्थ्य समस्या निम्त्याउने बताएका छन् …

मुटु रोगको मेरिडियनमा निःशुल्क शिविर

माघ २९, काठमाडौं । महाराजगञ्जस्थित मेरिडियन हेल्थ केयर सेन्टर प्रालिमा मुटु रोगको निःशुल्क शिविर सञ्चालन भएको छ। मुटु रोग विशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठको संयोजकत्वमा भएको शिविरमा १ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ। जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगको समस्या बढ्दै गएको भन्दै समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना …

पाल्पामा आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिए

माघ २८, पाल्पा । जिल्लाकै विकट र दुर्गममा पर्ने निस्दी गाउँपालिका वडा नं १ सहलकोटमा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिएका छन् । शनिबार सम्पन्न शिविरमा आँखा परीक्षण गराएका एक सय ४१ मध्ये १४ जनामा मोतियाविन्दुका बिरामी फेला परेको कालीगण्डकी आँखा उपचार केन्द्रका प्राबिधिक सुन्दर रानाले बताउनुभयो । शिविरका …

गुल्मीका मृगौला पिडीत टेकराज खनालको जीवन रक्षाका लागि अनुरोध

गुल्मी रेसुुङ्गा नगरपालिका वार्ड नं. ४ स्थाइ घर भएका मित्रप्रसाद खनाल तथा मिना खनालका एकमात्र छोरा बर्ष २० का टेकराज खनालका दुबै मृगौलाले कामगर्न छाडेपछि उनि यतिबेला शिक्षण अस्पतालको बेडमा छटपटाईरहेका छन् । बिगत दुई महिना देखी उनी निरन्तर उपचारमा छन् । निरन्तर उपचार तथा प्रत्येक हप्तामा दुइपटक गर्नुपर्ने डायलासिसमा लाग्ने खर्चको जोहो गर्न कठीन …

दाइजो नपाएपछि श्रीमान्‌ले नै चोरे एउटा मिर्गौला

माघ २५, भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मिर्गौला चोरेको आरोप लगाएपछि प्रहरीहरूले उनीहरूलाई पक्राउ गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए। सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मिर्गौला …

अमेरिकामा फ्लुको संक्रमण झन् तीब्र,५३ को मृत्यु

अमेरिकामा सुरु भएको फ्लुको संक्रमण झन् तीब्र भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) ले फ्लुका कारण गत सातामात्र थप १६ बालबालिकाको मृत्यु भएको जनाएको छ । योसंगै अमेरिकाभर फ्लुबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सिडीसीको इन्फ्लुयन्जा डिभिजनका निर्देशक डा. डान जेर्निगनले फ्लुको भाइरस अमेरिकाका ४८ राज्यमा फैलिइसकेको बताए । …

स्तन क्यान्सर : कारण र रोकथामका उपाय

–महिला खबर संवाद– स्तन क्यान्सरबाट नेपालमा कति महिला प्रभावित छन् भन्ने यकिन तथ्यांक नभएपनि करिब ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरिएको छ । पछिल्लो समय स्तन क्यान्सरबाट धेरै महिलाले ज्यान समेत गुमाएका छन् । नेपालमा ३० देखि ५० वर्षका महिला बढी स्तन क्यान्सरबाट प्रभावित भएको पाइएको छ । विकसित देशका अधिकांश महिलाहरू …

कडा खालको रोगीको संख्या बढ्दै

माघ १८, भद्रपुर । झापामा गएको तीन आर्थिक वर्षको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०र७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१र७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना …

नेपाल चिकित्सा संघले रिर्पोट प्रमाणपत्रमा एकरुपता ल्याउने तयारी

माघ १७, काठमाडौं । अस्पतालै पिच्छे फरकफरक रिर्पोट आउने क्रम बढ्दै गएकाले नेपाल चिकित्सा संघले रिर्पोट प्रमाणपत्रमा एकरुपता ल्याउने तयारी गरेको छ । संघले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा रिर्पोट प्रमाणपत्रमा एकरुपता ल्याउने तयारी थालेको हो । अस्पतालहरुले आफु खुसी जन्म, मृत्युलगायतका विभिन्न रिर्पोट प्रमाणपत्रहरु दिँदै आएका छन् । जसले अस्पतालपिच्छे फरकफरक व्यवस्था हुँदा …

WP Facebook Auto Publish Powered By : XYZScripts.com