स्वास्थ्य नै धन - Page 6 of 15 - KHASOKHAS

स्वास्थ्य नै धन

सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै, ६ महिनामा तीन सय ३० जनामा कुपोषण

फागुन २९, सुर्खेत । सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा यो वर्षमा ३ सय ३० जना बालबालिका कपोषणमा परेका छन् । चालु आर्थिक वर्ष २०७४र२०७५ को साउनदेखि पुससम्म तीन सय ३० जना नयाँ बालबालिका कुपोषण भएका बालबालिका भेटिएको स्वास्थ्य शिक्षा अधिकृत वसन्त श्रेष्ठले जानकारी दिनु भयो । …

विमान दुर्घटनामा सेमिनारमा भाग लिएर फर्केका वरिष्ठ न्युरो सर्जन, डा. बालकृष्ण थापाको निधन

फागुन २९, चितवन– युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। डा. थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए। बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा उनको विमान दुर्घटनामा परी मृत्यु भएको हो। २०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले …

प्रधानमन्त्रीले भने, देब्रे घुँडा र दाहिने घुँडा छुट्याउनै नसक्ने कसरी डाक्टर भए ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको बताएका छन् । उनले भने, ‘म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।’ नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको उल्लेख गरे …

तलब नबढाउन माग गर्दै क्यानाडाका डाक्टरहरुले गरे आन्दोलन

फागुन २५, टोरन्टो । तलब बढाउन माग गर्दै आन्दोलन गरिएका समाचार प्रशस्तै आउने गर्छन् तर क्यानाडामा भने तलव नबढाउन माग गर्दै डाक्टरहरुले आन्दोलन थालेका छन्। ‘हामीलार्इ धेरै तलब दिइएको छ’ भन्दै करिव ५ सय डाक्टरहरुले तलव नबढाउन र बढाइएको तलव फिर्ता लग्न भन्दै आन्दोलन थालेका हुन्। क्यानाडाको चिकित्सा महासंंघले डाक्टरहरुको तलव बृद्धि गरेको सुचना निकाले …

एक अर्बको घरजग्गा दान गर्नेको नाममा आँखा उपचार केन्द्र स्थापना

फागुन २४, नेपालगञ्ज । नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पताललाई काठमाडौँको आफ्नो करिब एक अर्बको घरजग्गा दान गर्ने दानवीर श्रीजङ शाह र उनकी धर्मपत्नी रुद्रकुमारी शाहको नाममा बर्दियामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। फत्तेवाल आँखा अस्पतालका वरिष्ठ प्रबन्धक कौशलकुमार वर्माका अनुसार बर्दियाको भुरीगाउँ र मगरागढीमा ‘श्रीजङ÷रुद्रकुमारी आँखा उपचार केन्द्र’ स्थापना गरी सञ्चालनमा समेत ल्याइएको छ। यसैगरी, …

महिलामा मिर्गौला रोग बढ्दै

फागुन २४, काठमाडौं । विश्वभर मिर्गौलासम्बन्धी रोगबाट १९ करोड ५० लाख महिला प्रभावित भएका छन्। त्यसमध्ये मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा छ लाख महिलाको मृत्यु हुने गरेको छ। नेपालमा भने कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको बताइएको छ। प्रस्ट सरकारी तथ्यांक नभए पनि प्रत्येक वर्ष तीन हजार नयाँ …

कुष्ठरोगीको संख्या घट्दो पाल्पामा

फागुन २३, रामपुर, पाल्पा । पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन्। साउनयता पुरुष १० र महिला ५ गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए। गत आवमा पुरुष १० र महिला ९ गरी जम्मा १९ जना कृष्ठरोगका बिरामी फेला परेका …

म्याग्दी स्वास्थ्य शिविरबाट एक हजार लाभान्वित

  फागुन २२, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना गरेको शिविरमा एक हजार छ जना लाभान्वित भएको आयोजकले जनाएका छन् । शिविरमार्फत कुहुँ, बाबियाचौर, बरंजा र अर्मनका बासिन्दालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको …

झापाको वि एण्ड सीले क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउने तयारी

फागुन १६, झापा, भद्रपुर । झापाको वि एण्ड सी मेडिकल कलेजले क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउन लागेको छ। बि एण्ड सी मेडिकल कलेजले सञ्चालनमा ल्याउन लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि अत्याधुनिक उपकरण ल्याउन लागेको हो। करिब ६० करोड लागतमा अमेरिकन भ्यारियन मेडिकल कम्पनीको हालक्योन नामक अत्याधुनिक उपकरण ल्याउन लागेको बुधबार पत्रकार सम्मेलनमार्फत हस्पिटलका कार्यकारी …

चिकित्सक अमिताभ ठाकुर अप्रेसनको तयारी गर्दागर्दै झगडा गरेर बाहिरिएपछि सम्पर्कविहीन

फागुन १५, उदयपुर । जिल्ला अस्पतालमा कार्ययरत डाक्टर अमिताभ ठाकुर अस्पतालमै कार्यरत डाक्टरहरुसँग झगडा गरेर सोमबार दिउँसोबाट बेपत्ता भएका छन्। अस्पतालमा कार्यरत स्टाफहरुसँग भनाभन गरेर एकाएक अस्पतालबाट बाहिरिएपछि सम्पर्कविहीन भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासन प्रमुख बिर्खबहादुर खत्रीका अनुसार प्रसूति गराउन ल्याएको एक गर्भवती महिलाको अप्रेसनको तयारी गर्दैगर्दा झगडा गरेर डा. ठाकुर सम्पर्कविहीन …

WP Facebook Auto Publish Powered By : XYZScripts.com