जाडोमा ग्रीन कफी : स्वादसँगै स्वास्थ्यका अचूक फाइदा


प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

दिनभरको थकान मेटाउन एक कप कफी पिउनु भन्दा राम्रो के हुन सक्छ ? विशेष गरी जाडोमा तातो कफीको स्वाद अझ राम्रो हुन्छ। यस्तो अवस्थामा ब्ल्याक कफी पिउनुहोस् वा मिल्क कफी दुवै फाइदाजनक हुन्छ । कफी स्वादका लागि मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । कालो कफी जस्तै हरियो (ग्रीन) कफी पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । वास्तवमा, यी अनरोस्टेड कफी बीजहरू हुन् जुन कफी जस्तै प्रयोग गरिन्छ। जाडोमा यसको सेवनले स्वास्थ्यलाई अझ बढी फाइदा पु¥याउँछ । मानस हस्पिटल र डाइट मन्त्र क्लिनिक, नोएडाकी डाइटिशियन कामिनी सिन्हाबाट यसबारेमा जान्न सकिन्छ।

जाडोमा ग्रीन कफी पिउनुका फाइदाहरू :

– तौल घट्छ
यदि तपाई तौल घटाउन खोज्दै हुनुहुन्छ भने ग्रीन कफी तपाईँको लागि राम्रो विकल्प हो। यसमा पाइने एन्टिअक्सिडेन्टले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र मेटाबोलिजम बढाउन मद्दत गर्छ। यसले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ। त्यसैले जाडोमा यसलाई आहारमा समावेश गर्नुपर्छ ।

– मस्तिष्क सक्रिय रहन्छ
जाडोमा धेरै मानिसहरू थकावट र सुस्त महसुस गर्छन्। यस्तो अवस्थामा ग्रीन कफी पिउँदा मस्तिष्क सक्रिय रहन्छ। ग्रीन कफीमा क्याफिन हुन्छ, जसले फोकस बढाउँछ र मस्तिष्कलाई सतर्क राख्छ। यसको सेवनले मानसिक र शारीरिक सक्रियता बढ्छ र काममा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– प्रतिरोधात्मक क्षमता बढ्छ
जाडोमा केही व्यक्तिको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। तर, यदि तपाईँ ग्रीन कफी पिउनुहुन्छ भने रोग लाग्ने खतरा कम हुन्छ। यसमा भएका एन्टीअक्सिडेन्टहरूले इम्युनिटी बढाउँछन्। यसले सङ्क्रमण र रोगको जोखिमलाई कम गर्दछ।

– शरीरलाई डिटक्सिफाइ गर्दछ
जाडोमा शरीरलाई डिटक्स गर्न ग्रीन कफी राम्रो विकल्प हो। यसमा भएका प्राकृतिक गुणहरूले शरीरबाट विषाक्त पदार्थ निकाल्न सहयोग पुर्‍याउँछन्। यसले लिभर स्वास्थ्यमा फाइदा पुर्‍याउँछ र सम्पूर्ण शरीरलाई डिटक्स गर्न मद्दत गर्दछ। जाडोमा हुने ब्लोटिंग र एसिडिटी पनि कम गर्न सहयोग गर्दछ।

– मुटुको लागि लाभदायक
ग्रीन कफी मुटु (हृदय)को स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। जाडोको समयमा रगतको प्रवाह सुस्त हुँदा हृदय रोगको खतरा बढ्छ। यसमा भएका एन्टीअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरूले हृदय सम्बन्धी रोगको खतरा कम गर्दछन्। ग्रीन कफी पिउँदा जाडोमा हुने समस्या कम हुन्छ। यसले हृदयलाई स्वस्थ राख्छ।

सुझाव :  एक दिनमा दुई कपभन्दा बढी ग्रीन कफी नपिउनुहोस्।

– ओन्ली माइ हेल्थबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com