दर्ता नभएका भिटामिन तथा खनिज बिक्री गरे कडा कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी


प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार

स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अवैध अभ्यास नगर्न सचेत गराउँदै यस्ता गतिविधि गरे कडा कारबाही गरिने जनाएको हो ।

जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४५ (२) मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

“स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण भएको तथा विभिन्न स्वास्थ्य संस्थाले सामग्री तथा सेवाहरूको संचालन स्वीकृति नलिई आमनागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार भइरहेकाप्रति ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यसबारे जनगुनासो र नियमित अनुगमनका कार्यहरू तीव्र गर्दै वार्षिक तीन हजारभन्दा बढी फार्मेसी अनुगमन र जिल्ला अदालतहरूमा करिब सयभन्दा बढी मुद्दा दर्ता गरिएको जानकारी गराउनुभयो ।

प्रवक्ता बुढाथोकीका अनुसार कहीँकतै यस्तो कार्य भएको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको वेबसाइट तथा इमेलमा गुनासो गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com