बर्ड फ्लू सङ्क्रमण गर्भवती महिलामा घातक हुने


प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने देखिएको छ । अष्ट्रेलियामा गरिएको एउटा अध्ययनले यो तथ्यलाई बाहिर ल्याएको हो ।

मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अनुसन्धानले १ हजार ५०० भन्दा बढी अनुसन्धान पत्रको समीक्षा गरेको छ ।

अनुसन्धानले ३० महिलामध्ये २७ जनालाई बर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएको छ ।

उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई ) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापी रूपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणको रूपमा यो अध्ययन प्रकाशित गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धान टोलीले अनसन्धानले गर्भवती महिलालाई जतिसक्दो चाँडो महामारी योजनामा समावेश गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको निष्कर्षले देखाएको छ ।

एमसीआरआईका अध्ययन सह–लेखिका राहेल पर्सेलका अनुसार गर्भवती महिलाहरूलाई प्रायः खोप परीक्षणहरूबाट वञ्चित गरिएको थियो । सार्वजनिक स्वास्थ्य खोप कार्यक्रमहरूमा ढिलाइको सामना गर्नुपरेको देखिएको छ ।

गर्भवती महिलाहरूलाई नियमित रूपमा महामारीविरूद्धको उपचार र अन्य कार्यक्रमहरूमा सहभागी गर्न आवश्यक हुने अनुसन्धानको निश्कर्ष छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com