के खोपले रोक्न सक्ला त एचआइभी भाइरसलाई ?


प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार

एड्स भाइरसविरुद्ध खोप प्रभावकारी हुने देखिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआइभी सङ्क्रमण रोक्न सतप्रतिशत प्रभावकारी थियो । थप नतिजाहरूले पुरुषहरूमा पनि यसको लगभग उस्तै प्रभाव देखाएको छ ।

औषधि निर्माता गिलियडले उच्च एचआइभी दर भएका १२० गरिब मुलुक मुख्य रूपमा अफ्रिका, दक्षिणपूर्वी एशिया र क्यारेबियनमा सस्तो जेनेरिक संस्करणहरू बेच्न अनुमति दिने घोषणा गरेको छ ।

तर कम्पनीले करिब सबै ल्याटिन अमेरिकालाई बाहिर राखेको छ । त्यहाँ दरहरू धेरै कम तर बढ्दो छ । यो विश्वले रोग रोक्नका लागि महत्त्वपूर्ण अवसर गुमाएको छ भन्ने चिन्ताको विषय भएको छ ।

“यो अहिलेसम्म हामीसँग भएको कुनै पनि अन्य रोकथाम विधिभन्दा उत्कृष्ट छ, यो अभूतपूर्व छ”, युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले यस औषधिको विकासका लागि गिलियडलाई श्रेय दिनुभयो तर एड्स रोक्ने विश्वको क्षमता जोखिममा रहेका देशहरूमा यसको प्रयोगमा निर्भर रहेको बताउनुभयो ।

विश्व एड्स दिवसका अवसरमा जारी गरिएको प्रतिवेदनमा युएनएड्सले गत वर्ष एड्सबाट मृत्यु हुने सङ्ख्या–अनुमानित छ लाख ३० हजार बताएको छ ।

यो सन् २००४ मा चरम बिन्दुमा पुगेको बेलादेखि सबैभन्दा कम थियो ।
यसले संसार अब ‘ऐतिहासिक चौबाटो’ मा पुगेको र महामारी अन्त्य गर्ने अवसर रहेको सुझाव दिएको छ ।

लेनाक्यापाभिर नामक औषधि पहिले नै अमेरिका, क्यानाडा, युरोप र अन्य ठाउँहरूमा सनलेन्का ब्राण्ड नाममा एचआइभी सङ्क्रमण उपचारका लागि बिक्री गरिएको छ ।

कम्पनीले चाँडै नै एचआइभी रोकथामका लागि सनलेन्काको अनुमोदन खोज्ने योजना बनाएको छ ।

कन्डम, दैनिक गोली, योनि रिङ र द्वि–मासिक इन्जेक्सन जस्ता सङ्क्रमणबाट जोगाउने अन्य तरिका भए पनि गिलियडको दुई पटक वार्षिक खोप विशेष गरी समलिङ्गी पुरुष, यौनकर्मी र युवा महिलाहरू लगायत हेरचाह गर्न डराउने सीमान्तकृत मानिसहरूका लागि उपयोगी हुने विशेषज्ञहरूले बताएका छन् ।

जेनेरिक संस्करणका लागि योग्य १२० मुलुकमध्ये १८ अधिकांश अफ्रिकी देशले विश्वका एचआइभी बोझको ७० प्रतिशत बेहोर्छन् ।

औषधि निर्माताले ‘एचआइभी रोकथामका लागि लेनाक्यापाभिर चाहने वा आवश्यक सबै मानिससम्म पुग्न द्रुत, प्रभावकारी मार्गहरू’ स्थापना गर्न पनि काम गरिरहेको बताएको छ ।

एडभोकेसी ग्रुप हेल्थ ग्यापकी कार्यकारी निर्देशक एसिया रसेलले हरेक वर्ष विश्वव्यापी रूपमा १० लाखभन्दा बढी नयाँ एचआइभी सङ्क्रमणका साथ स्थापित रोकथाम विधिहरू पर्याप्त नभएको बताउनुभयो ।

उहाँले ब्राजिल र मेक्सिको जस्ता देशलाई ‘अनिवार्य इजाजतपत्र’ जारी गर्न आग्रह गर्नुभयो । यो यस्तो संयन्त्र हो जहाँ देशहरूले स्वास्थ्य सङ्कटमा पेटेन्टहरू निलम्बन गर्छन् ।

केही देशले अघिल्लो एचआइभी उपचारका लागि अँगालेको यो एउटा रणनीति हो । विशेष गरी सन् १९९० को अन्त्य र सन् २००० को दशकको अन्त्यमा जब एड्स औषधिहरू पहिलो पटक पत्ता लगाइएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com